आइतबार, माघ १३, २०८१

चिवामा जापान प्रहरीद्वारा नेपाली युवा सम्मानित

जापान । चिवाकेनको नागारीयामा रहेको कोम्बिनिबाट एक बृद्द जापानीलाई १० मान येन अर्थात् १ लाख ठगीनबाट जोगाएपछी जापान प्रहरीले नेपाली युवालाई सम्मान गरेको छ।
नेपाली युवा निरज पाण्डेलाई जापान प्रहरीले धन्यवादसहित सम्मानपत्रले सम्मान गरेको हो।
विभिन्न समयमा जापानमा नेपाली समुदायबाट नकारात्मक समाचारहरु आईरहेको बेला यस्ता सम्मानयुक्त कार्यले जापानीहरु माझ नेपालीहरुको लोकप्रियता र ईमान्दारीताको उदाहरण झल्काए एनआरएन चिवाको बुझाई छ।
संसारको जुनसुकै कुनामा रहेपनि अनुशासन र ईमानदारीताले नै मानिसलाई जिम्मेवार नागरिक बनाउछ । एनआरएन चिवा क्षेत्रिय समितिका क्रियाशील सदस्य पाण्डेलाई यस कार्यको निमत्ति संस्थाको तर्फबाट धन्यवाद र उच्च सम्मान प्रकट गरेको छ ।

One thought on “चिवामा जापान प्रहरीद्वारा नेपाली युवा सम्मानित

Comments are closed.