टोकियो । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानको २२औँ राष्ट्रिय अधिवेशनबाट बाबुराम भण्डारी अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। अध्यक्ष पदमा भण्डारीसहित ५ जनाको दाबी प्रस्तुत गरे पनि निर्वाचन समिति तथा निर्वाचन मण्डलको पहलमा भएको लामो छलफलपछि निर्वाचन नगरी सहमतिमार्फत नयाँ नेतृत्व टुंगो लगाइएको हो।
ओएनएफ जापानको अध्यक्ष पदका लागि बाबुराम भण्डारी, प्रकाश ढकाल, महेन्द्रकुमार अधिकारी, राजेन्द्र श्रेष्ठ र विकास पौडेलको दाबी रहेको थियो। छलफलका क्रममा सहमतिको प्रयास अघि बढाइएको र अन्ततः भण्डारीको नेतृत्वमा नयाँ कमिटी सर्वसहमत गठन गर्ने सहमति जुटेको निर्वाचन मण्डलका सदस्य सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
सहमति अनुसार उपाध्यक्षमा महेन्द्रकुमार अधिकारी, सचिवमा बुद्धीराज लामा गोले, उपसचिवमा अर्जुन आचार्य र महिला उपसचिवमा ममता विश्वकर्मा चयन भएका छन्।
कमिटीको सदस्यमा राज्यमान छारा, अच्युत लोहनी, शंकर रिमाल, विजय उप्रेती, महेश खड्का, केशव लामिछाने, मनोज श्रेष्ठ, नासिर मियाँ, गम्भीर बस्नेत, दिपेन्द्र केसी, विष्णु प्रसाद सापकोटा, नरेश राई, मनोज श्रेष्ठ ‘बी’, डिल्लीबहादुर कटुवाल, भैरव अधिकारी, मिरा कुइँकेल, ओम खड्का र अर्जुन थापा रहेका छन्।
यसैगरी, चार सदस्यलाई समावेशीताका आधारमा मनोनीत सदस्यका रूपमा चयन गर्ने व्यवस्था गरिए अनुसार मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष भण्डारीले बताउनु भयो ।
ओएनएफ जापानको २२औँ राष्ट्रिय अधिवेशन सेप्टेम्बर २० तारिख टोकियोमा सम्पन्न भएको थियो। अधिवेशनपछि नयाँ नेतृत्व चयनका विषयमा सहमति जुटाउन निर्वाचन समिति र निर्वाचन मण्डलले नयाँ नेतृत्वको औपचारिक घोषणा तथा शपथ ग्रहण कार्यक्रम बुधबार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।


