शनिबार, असोज २४, २०८३

नेपालका बाढीपीडितका लागि जापानको केयर अर्थद्वारा ५ लाख सहयोग

टोकियो । नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जापानस्थित केयर अर्थ कम्पनीले ५ लाख जापानी येन आर्थिक सहयोग गरेको छ।

विपत्तिको कठिन समयमा मातृभूमि नेपाललाई सम्झँदै मानवीय सहयोग प्रदान गरेकोमा गैरआवासीय नेपाली संघ (NRNA) जापानले Care Earth कम्पनीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
यसै सन्दर्भमा NRNA जापानका अध्यक्ष सुबास लामिछाने र
का प्रतिनिधिबीच भेटघाटसमेत भएको थियो।

विदेशमा रहेर पनि नेपालमा परेको दुःख र पीडालाई आत्मसात् गर्दै प्रदान गरिएको यो सहयोग आर्थिक योगदानमा मात्र सीमित नभई मातृभूमिप्रतिको आत्मीयता, मानवीय संवेदना र नेपाल–जापानबीचको मैत्रीपूर्ण सम्बन्धको उदाहरणका रूपमा लिइएको छ।

विपत्तिको समयमा नेपालका नागरिकको पीडामा साथ दिँदै सहयोगको हात बढाउनुहुने केयर अर्थ कम्पनीले तथा यस मानवीय अभियानमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण महानुभावहरूप्रति एनआरएन जापानले सम्मान, कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यसमा तपाईको प्रतिक्रिया