टोकियो । नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएकोप्रति चितवन समाज जापानले गहिरो दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि ५ लाख २५ हजार येन अर्थात नेपाली ५ लाख ६१५ रुपैयाँ राहत सहयोग गरेको छ।
बाढी तथा पहिरोबाट प्रभावित पीडित परिवारको दुःखमा थोरै भए पनि राहत पु¥याउने उद्देश्यले चितवन समाज जापानको पहलमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री राहत कोषमार्फत नेपाल पठाइसकिएको समाजका अध्यक्ष ईश्वरी कंडेलले जानकारी दिनुभयो।
समाजले प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै विपद्को यस दुःखद् घडीमा सहयोग अभियानमा साथ दिएकोमा सबैप्रति आभार व्यक्त गरेको छ।
राहत अभियानमा अमूल्य सहयोग, साथ र सद्भाव प्रदान गर्नुहुने चितवन समाज जापानका सम्पूर्ण कार्यसमिति सदस्य, सल्लाहकार, संरक्षक तथा समाजलाई माया गर्ने सम्पूर्ण शुभेच्छुकप्रति चितवन समाज जापानले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
समाजले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने समाजका पूर्व अध्यक्ष राजनकुमार श्रेष्ठले बताउनु भयो।

