शनिबार, असोज ०३, २०८३

ओएनएफ जापानको २२औँ अधिवेशन: अध्यक्षमा ३ जनाको दाबी

टोकियो । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानको २२औँ राष्ट्रिय अधिवेशन भोलि सेप्टेम्बर २० तारिख आइतबार टोकियोमा हुँदैछ। अधिवेशनमा अध्यक्ष पदका लागि बाबुराम भण्डारी, प्रकाश ढकाल र महेन्द्र कुमार अधिकारीले दाबी प्रस्तुत गरेका छन्।
संयोग नै ३ जना प्रत्यासी गुल्मी जिल्लाका एमालेका जुझारू युवा हुन ।
“२२औँ राष्ट्रिय अधिवेशन सफल पारौँ, संगठनलाई अझ सुदृढ र एकताबद्ध बनाऔँ” भन्ने नारासहित नेकपा (एमाले)को प्रवासी संगठनका रूपमा रहेको प्रवासी नेपाली मञ्च जापानको अधिवेशन ओता–कु सामुदायिक हल, कामाता, टोकियोमा आयोजना हुने छ।

अधिवेशनलाई व्यवस्थित, भव्य र सफल बनाउन राष्ट्रिय कमिटीका पदाधिकारी, क्षेत्रीय कमिटी, सल्लाहकार, सदस्य तथा जापानस्थित संगठित सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

अधिवेशनमा प्रतिनिधित्वका लागि केन्द्रीय संगठन विभागबाट प्रमाणित सदस्यताको आधारमा प्रतिनिधि छनोट गरिने मञ्चका अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिनुभएको छ। नयाँ कार्यसमिति चयनका लागि यसअघि नै पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको भोलीसम्म नै सहमतिको प्रयास गर्ने र सहमतिमा नआए निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ।
२२औँ राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठनको आगामी कार्यदिशा, संगठनात्मक सुदृढीकरण तथा प्रवासी नेपाली समुदायसँग सम्बन्धित विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

प्रवासी नेपाली मञ्च जापानले अधिवेशनलाई संगठनको एकता, लोकतान्त्रिक अभ्यास तथा संगठनात्मक सुदृढीकरणका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिँदै जापानभरिका सदस्य, शुभेच्छुक तथा नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ।
I

यसमा तपाईको प्रतिक्रिया