शनिबार, असोज १७, २०८३

ओएनएफ अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन नोभेम्बर ४ र ५ तारिख काठमाडौंमा हुने

जापान । नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ तारिख (२०८३ कार्तिक १८ र १९ गते) काठमाडौंमा हुने भएको छ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार–प्रसार विभाग प्रमुख भक्त गुरुङका अनुसार अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न तयारी तीव्र रूपमा अघि बढाइएको छ।
अधिवेशनमा प्रवासी नेपाली मञ्चका सदस्य तथा समर्थकहरूको व्यापक सहभागिता सुनिश्चित गर्न प्रचार–प्रसारलाई तीव्र बनाउने तयारी गरिएको छ। दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको लोगो, थिम तथा जिंगल सार्वजनिक गर्ने उद्देश्यले आगामी अक्टोबर ११ तारिख, आइतबार काठमाडौंमा पत्रकार सम्मेलन तथा सार्वजनिक कार्यक्रम आयोजना गर्ने भएको छ।
बैठकले प्रचार–प्रसार समितिलाई थप व्यवस्थित बनाउन अधिकतम १५ सदस्यीय समिति बनाउने सहमतिसमेत गरेको छ।

ओएनएफ अन्तर्राष्ट्रिय कमिटीको काठमाडौँमा हुने दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा विश्वका ३८ देशबाट करिब ३०० जना प्रतिनिधि तथा समर्थकहरूको सहभागिता रहने छ।

यसमा तपाईको प्रतिक्रिया