जापान । रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टोकियोस्थित फरेक्स जापानले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ‘७७ रंग Fjpay संग’ नामक विशेष समाजसेवामूलक क्यान्पेन सार्वजनिक गरेको छ। यस कार्यक्रममार्फत जापानमा बसोबास गर्ने नेपालीहरूमाझ एकताको भावना जगाउँदै, विशेष गरी विपन्न र अभावग्रस्त नेपालीहरूलाई सहयोग गर्ने उद्देश्य राखिएको छ। कम्पनीद्वारा जारी प्रेस नोटमा उल्लेख गरिए अनुसार यस क्यान्पेनमा ७७ जिल्लालाई समेटेर ७७ लाख येन खर्च गरिनेछ। यसका लागि जापानमा रहेका नेपाली संघसंस्थाहरुसंग सहकार्य गरिनेछ।
कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्लिकेसन Fjpay प्रयोग गर्ने प्रत्येक ग्राहकले रकम कारोबार गर्दा प्राप्त हुने नाफाबाट केही हिस्सा जापानमा रहेका नेपालीहरुलाई गाह्रो साह्रो पर्दा सहयोग होस भन्ने उदेश्यले खर्च गर्ने घोषणा गरिएको छ। ‘७६ को रंग, Fjpay संग’ भन्ने नारासहित सार्वजनिक भएको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
यस क्यान्पेनमा फरेक्सले नेपालका विभिन्न जिल्लाहरुलाई संयोजन गरिरहेका जिल्लागत नेपाली संघ संस्थाहरुलाई १ लाख येन आर्थिक सहयोग प्रदान गरिनेछ। प्रदान गरिएको रकम संघ/संस्थाहरुले आपतकालिन् राहतकोष तथा अक्षय कोषमा जम्मा गरि आवश्यकता पर्दा सहयोगका लागि प्रयोग गर्न सक्नेछन्। यसका साथै यसै क्यान्पेनमा फरेक्सले “मेरो ठाउँ मै चिनाउँछु” भन्ने क्यान्पेन संचालन गर्नेछ। यसका लागि हरेक महिना फरक जिल्ला छनौट गरिनेछ। उक्त महिना त्यस जिल्लाका धार्मिक,सास्कृति तथा पर्यटकिय स्थलहरुको प्रवर्द्धन गर्ने उदेश्य सहित पोस्टर तथा भिडियो सामाग्री जस्ता प्रचार समाग्री तयार पारी फरेक्स जापानको पेजबाट सार्बजनिक गरिनेछ। यस क्यान्पेनको अर्को विशेष पाटो,हरेक महिनाका लागि छनौटमा परेका जिल्लाको लागि एउटा प्रमोशनल कुपन कोड जारी गरिनेछ। उक्त कुपन प्रयोग गरि आफ्नै जिल्लाको नाम राखेर रेमिट्यान्स गर्दा त्यस जिल्लाका वासिन्दाहरुले उक्त महिना जति पटक रकम पठाएपनि सेवा शुल्क लाग्नेछैन।
पहिलो छनौटमा दोलखा जिल्ला
यस अभियानअन्तर्गत पहिलो चरणमा दोलखा जिल्लालाई केन्द्रबिन्दु बनाइएको छ। दोलखाका दुर्गम गाउँका बासिन्दालाई उद्धार तथा सहयोग गर्ने उद्देश्यले Fjpay Mob App मार्फत संकलित रकम प्रयोग गरिने कम्पनीले जनाएको छ।
फरेक्स जापानले नेपाल–जापान सम्बन्ध अझै सुदृढ बनाउन, नेपाली संस्कृतिको संरक्षणमा योगदान गर्न र प्रवासी नेपालीलाई मातृभूमिसँग जोड्ने सेतुको रूपमा काम गर्न यस अभियान संचालनमा ल्याएको बताएको छ। कम्पनीका निर्देशक पशुपति भणिडारीका अनुसार – यो अभियानले जापानमा रहेका नेपालीहरु बिच आपसी एकता र सहयोगको भावना बलियो बनाउनुका साथै, स्थानीय संस्थाहरूसँग सहकार्य गर्दै नेपालका सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

