सोमबार, माघ ०६, २०८२

प्रथम नेपाल फेस्टिवल गुन्मा २०२५ अन्तिम तयारीमा, दर्जन कलाकारको प्रस्तुति

जापान । जापानको गुन्मा शहरमा सेप्टेम्बर ६ र ७ शनिबार र आइतबार २०२५ मा आयोजना हुन गइरहेको प्रथम नेपाल फेस्टिवल गुन्मा २०२५ सम्पन्न गर्नको लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापान गुन्मा क्षेत्रीय कार्यसमिति लगायत गुन्मा क्षेत्रमा क्रियाशील नेपाली संघ संस्थाहरूको संयुक्त आयोजनामामा फेस्टिवल आयोजना गरिएको हो ।

जापानस्थित नेपाली राजदूतावास, एनआरएनए जापान, र नेफिन जापानका साथै विभिन्न संघसंस्थाहरूको सहआयोजना, सहयोग तथा समर्थनमा फेस्टिवल आयोजना हुँदैछ। नेपालको कला, संस्कृति, पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै जापानी समुदायमा नेपालको चिनारी गराउने र जापानी नागरिकहरूलाई नेपाल भ्रमणको लागि प्रोत्साहित गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

यसै सन्दर्भमा आयोजकले सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू विशेष गरी गुन्मावासीहरूमा आर्थिक, नैतिक तथा भौतिक रूपमा सक्दो सहयोग, समर्थन र सहभागीता जनाउन एनआरएनए जापान गुन्मा क्षेत्रीय कार्यसमितिका संयोजक राम लाल तामाङले अनुरोध गरेका छन् ।
नेपालबाट आएकी चर्चित दोहोरी गायिका निर्जला गुरुङ, कुमार कार्की, सुर्य खड्का, रितु थापा मगर, समुद्र राज पौडेल, चेतन घर्ती मगर, कर्मा डोंग, दिपा थापा लगायत स्थानीय  कलाकारहको प्रस्तुति र विभिन्न जात जातीको झाकी सहित नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने यस अवसरमा सक्रिय सहभागिताका लागि एनआरएनए जापान गुन्मा क्षेत्रीय कार्यसमिति परिवारले अनुरोध गरेको छ ।