टोकियो । नेपालको बाढी तथा पहिरो पीडितहरूको राहत तथा उद्धारका लागि थकाली सेवा समिति जापान (थसेस) ले १२ लाख ५५ हजार ७७१ जापानी येन अर्थात् नेपाली १२ लाख २३ हजार ३२ रुपैयाँ सहयोग गरेको छ।
समितिले जापान मनी एक्सप्रेस (JME) मार्फत १२ लाख ५५ हजार ७७१ जापानी येन पठाएको हो। उक्त रकम नेपालमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा बैंक ट्रान्सफरमार्फत पठाइएको छ।
थकाली सेवा समिति जापानका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचनले बाढीपीडितको राहतका लागि सहयोग रकम पठाइएको जानकारी दिनुभयो।
विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समितिले सहयोग गरेको थकेसका संरक्षक शरदकुमार गौचनले बताउनुभयो।

