मङ्गलबार, पुष २९, २०८२

पाल्पा समाज जापानको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा वविन राना

जापान । पाल्पा समाज जापानको चौथो अधिवेशनले सम्पन्न गरेको छ ।टोकियोमा अगस्ट २४ तारिख आईतवार पाल्पा समाज जापानले चौथो अधिवेशनले वविन रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मतिबाट चयन गरेको हो ।

जापानमा बसोबास गर्ने पाल्पालीहरूको साझा संस्था पाल्पा समाजका अध्यक्ष निरन्जन गैरेको सभापतित्वमा सम्पन्न अधिवेशनमा समाजका सल्लाहाकार तोयानाथ पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
सांगठनिक अधिवेशनसँगै कार्यक्रमलाई सांस्कृतिक उत्सवको रूप पनि दिइएको थियो। हरितालिका तीजको पूर्वसन्ध्यामा आयोजित विशेष दर खाने कार्यक्रम ले जापानमा रहेका पाल्पालीहरूलाई एकै ठाउँमा ल्याएर पर्वको उल्लास साट्ने अवसर प्रदान गर्‍यो। अधिवेशन र तीजको कार्यक्रम दुवै भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

अधिवेशनवाट बरिष्ठ उपाध्यक्षमा सुवास बस्याल र दूई उपाध्यक्षहरूमा सुमन न्यौपाने र ज्ञान जंग रायमाझी, महासचिवमा गंगालाल जि आर, सचिवमा बिश्व अर्याल,कोषाध्यक्षमा आकाश अर्याल र सह कोषाध्यक्षमा सागर पोखरेल निर्बिरोध चयन हुनुभएको निर्वाचन समितीका संयोजक भरत ज्ञवालीले जानकारी दिए । त्यसैगरी सदस्यहरुमा बिश्वबन्धु भण्डारी, युवराज अर्याल, बिबेक न्यौपाने, हिमाल अर्याल, नारायण भट्टराई, सागर अर्याल, मधुसुदन अर्याल र अस्मिता न्यौपाने चयन हुनुभएको छ ।