टोकियो । जापानका स्थानीय नगरपालिकाहरूले होटल तथा परम्परागत जापानी ‘र्योकान’ हरूमा आवास कर लगाउनेबारे छलफल गरिरहेको । जापानका ९२ वटा स्थानीय नगरपालिकाहरूले होटल तथा परम्परागत जापानी ‘र्योकान’ हरूमा आवास कर लगाउनेबारे विचार गरिरहेको हालैको एक सर्वेक्षणले देखाएको हो ।
क्योदो न्युजले गरेको सर्वेक्षणअनुसार ४२ वटा नगरपालिकाहरूले यस्तो कर या त लगाइसकेका छन् वा लगाउने योजनामा छन् । बढ्दो विदेशी पर्यटकको चापलाई व्यवस्थापन गर्न र प्राप्त रकम पर्यटन पूर्वाधार विकासमा खर्च गर्ने उद्देश्यले यो कर लगाउने नगरपालिकाहरूको संख्या अझै बढ्ने देखिन्छ ।
यसै वर्षको जुन र जुलाई महिनामा गरिएको उक्त सर्वेक्षणमा जापानका १,७२३ स्थानीय निकायहरू ९६ प्रतिशत सहभागी थिए । जापानमा आवास कर लागू गर्न स्थानीय सरकारहरूले अध्यादेश पारित गरी आन्तरिक मामिला तथा सञ्चार मन्त्रीबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।
अहिलेसम्म स्वीकृति पाइसकेका ३५ स्थानीय निकायमध्ये १२ वटाले जुलाईको अन्त्यसम्ममा यो कर लागू गरिसकेका छन् । बाँकी २३ वटाले सन् २०२६ सम्ममा कार्यान्वयन गर्ने योजना बनाएका छन् । सर्वेक्षणले कम्तिमा सातवटा स्थानीय निकायले अध्यादेश पारित गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको देखाएको छ ।
यद्यपि गम्भीर रूपमा विचार नगरे पनि, ७२८ नगरपालिकाहरूले आवास कर लगाउन “इच्छुक” रहेको बताएका छन् ।

