सोमबार, माघ ०६, २०८२

जापानको २० शहरमा ‘बलिदान’ प्रदर्शन हुने, शिज़ुओकामा अनलाइन टिकट खुला

जापान । नेपाली बहुचर्चित चलचित्र ‘बलिदान’ जापानको २० शहरमा प्रदर्शन हुने भएको छ । जापानको सेभेन सामूराई इन्टरनेशनल कम्पनीले ब्यवस्थापन गरि जापानको मुख्य २० शहरमा प्रदर्शनीको तयारी थालेको छ ।

जापानको राजधानी टोकियो सहित , नागोया, ओसाका, शिज़ुओका, फुकुओका, गुन्मा, ओकिनामा लगायत शहरमा प्रदर्शन हुने सेभेन सामूराई इन्टरनेशनल कम्पनीका सिईओ रेशम डंगोलले जानकारी दिनुभयो ।
शिज़ुओकामा अक्टुबर ४ को लागी अनलाइन टिकट खुलेको छ । सेभेन सामूराई कम्पनीले अनलाइन टिकट खरीद गर्नेलाई १० प्रतिशत छूट रहने जानकारी दिएको छ ।

सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ आगामी दसैंको फूलपातीमा रिलिज हुने भएसंगै निर्माण टिमले औपचारिक घोषणा गर्दै अभिनेता समीर भट्टको पोस्टर सार्वजनिक गरेको छ ।
समीर डेब्यु फिल्म ‘१२ गाउँ’ले व्यावसायिक सफलता हासिल गरेसँगै उनी लोकप्रिय बनेका हुन् । पोस्टरमा उनी एक्सन अवतारमा छन् । यो एक्सनप्रधान फिल्म हो । निर्देशक सेन आफूले अहिलेसम्म सबैभन्दा धेरै मेहनत गरेको फिल्म ‘बलिदान’ भएको बताउँछन् । ‘जीवनभर बगाएको रगतपसिनामध्ये सबैभन्दा धेरै यसैमा बगाएको छु,’ निर्देशक सेन भनेका छन् ।

फिल्ममा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ ।
बलिदान फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

अनलाइन टिकट खरीद गर्नेलाई १० % छूट रहने आफ़नो सिट सुरछित गर्नू होला !
click here
https://bit.ly/4lhRby9