आइतबार, भदौ २८, २०८३

नेफिन जापानले ३२औँ विश्व आदिवासी दिवस अगस्ट २३ मा मनाउने

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले ३२औँ विश्व आदिवासी दिवस विशेष सांस्कृतिक कार्यक्रमसहित मनाउने भएको छ।
“पहिचान, समानता र अधिकार—आदिवासी जनजातिको मूल आधार” भन्ने मूल नाराका साथ आगामी अगस्ट २३, २०२६ आइतबार कार्यक्रम आयोजना गर्न लागिएको हो।

नेफिन जापानको आयोजनामा हुने र विभिन्न जातीय संघ-संस्थाको सह आयोजनामा हुने कार्यक्रममा जापानमा रहेका विभिन्न आदिवासी जनजाति समुदायका मौलिक कला, संस्कृति, भेषभूषा, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने नेफिन जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचले जानकारी दिनु भएको छ।

कार्यक्रम हामामाचोस्थित मन्दिर रेस्टुरेंटमा साँझ ४ बजेबाट सुरु हुनेछ। कार्यक्रममा जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

नेफिन जापानका महासचिव बालबिक्रम टिगेला लिम्बूले विश्व आदिवासी दिवसले आदिवासी जनजातिको पहिचान, अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।