जापान । NPO法人 नेपाल तामाङ समाज जापान केन्द्रीय कार्य समितिको आयोजनामा “डम्फू सेलो तथा म्हेन्दोमाया सांस्कृतिक साँझ–२०२६” आयोजना हुने भएको छ।
तामाङ भाषा, धर्म, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रम सेप्टेम्बर ५, २०२६ शनिबार दिउँसो १ बजेदेखि रोयल हल टोकियोमा हुनेछ।
कार्यक्रममा डम्फू सेलो, म्हेन्दोमाया लगायत विभिन्न सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रम रहने आयोजक संस्था नेपाल तामाङ समाजका अध्यक्ष गीरबहादुर तामाङले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रवेश शुल्क ४ हजार येन तोकिएको छ, जसमा फूड एंड एंड ड्रिंकसमेत समावेश गरिएको छ।
आयोजकले जापानवासी सम्पूर्ण नेपाली तथा तामाङ समुदायलाई कार्यक्रममा सहभागी भई सांस्कृतिक साँझलाई भव्य बनाउन आग्रह गरेको छ।

