मङ्गलबार, भदौ ०२, २०८३

नेपाली स्वादको ‘हाईलाइफ’ ब्रान्डका खाद्य उत्पादन जापानमा, पूर्ण ट्रेडिङले बजारीकरण गर्ने

टोकियो । पूर्ण ट्रेडिङ जापानले नेपालमा उत्पादित ‘हाईलाइफ’ ब्रान्डका विभिन्न खाद्य उत्पादन जापानको बजारमा भित्र्याउने भएको छ।
नेपाली उत्पादनको बजार विस्तार गर्दै आएको पूर्ण ट्रेडिङले यसपटक हाईलाइफका विभिन्न उत्पादनलाई जापानका उपभोक्तामाझ पुर्‍याउन लागेको हो।

टोकियोमा सोमवार एक औपचारिक कार्यक्रम गरी हाईलाइफ ब्रान्डका खाद्य उत्पादन बारेमा जानकारी दिएको छ ।
वरिष्ठ कलाकार निमा रुम्बाको प्रमुख आतिथ्यता हाईलाइफ कम्पनी नेपालका र जापानका ब्यावसाय तथा अग्रज नेपालीहरूको उपस्थितिमा कम्पनीको उत्पादनको विषयमा जानकारी दिएको थियो ।

हाईलाइफका उत्पादनहरूमा बासमती चामल, क्रिस्पी बेटरी राइस, पिठो, सोयाबिन मस्यौरा, कुरुम कुरुम चिउरा, बेसन, सुजी, पपिट्सलगायत विभिन्न खाद्य सामग्री समावेश छन्। नेपाली स्वाद र आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका यी उत्पादन जापानमा रहेका नेपाली समुदायका साथै अन्य उपभोक्तामाझ पनि विस्तार गर्ने लक्ष्य पूर्ण ट्रेडिङले लिएको छ।

पूर्ण ट्रेडिङ जापानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टीका श्रेष्ठका अनुसार यसपटकको हाईलाइफ उत्पादनको सुरुवात कम्पनीका लागि विशेष पहल हो। नेपाली उत्पादनको गुणस्तर र मौलिकतालाई जापानी बजारमा परिचित गराउँदै क्रमशः बजार विस्तार गर्ने योजना रहेको बताउनुभयो।
नेपाली स्वादका खाद्य सामग्रीको जापानको बजारीकरणका लागि हाईलाइफ कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, निर्देशक पंकज ज्ञवाली र निर्देशक सन्दिप शाहको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया