मङ्गलबार, भदौ ०२, २०८३

कोरियामा सेप्टेम्बर २५ मा नेपथ्यको कन्सर्ट, टिकट हानपासबाट लिन सकिने

भावना कार्की, दक्षिण कोरिया ।
दक्षिण कोरियामा आगामी सेप्टेम्बर २५ तारीख आयोजना हुने बहुप्रतीक्षित ‘नेपथ्य लाइभ इन सउल २०२६’ कन्सर्टको टिकट हानपास रेमिटेन्सको एपमार्फत अनलाइनमै सहज रूपमा खरिद गर्न सकिने भएको छ।
टिकट बिक्री आज साँझ ५ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

नेपाली संगीतको लोकप्रिय ब्यान्ड नेपथ्यको प्रत्यक्ष प्रस्तुति रहने कन्सर्ट KINTEX मा साँझ ७ बजे सुरु हुनेछ। दर्शकका लागि प्रवेशद्वार भने साँझ ५ बजेबाट खुला गरिनेछ।

कन्सर्टका लागि सामान्य टिकट ६० हजार वन र VIP टिकट १ लाख वन निर्धारण गरिएको छ। अनलाइन टिकट खरिदलाई सहज बनाउन HANPASS ले विशेष टिकटिङ सेवा उपलब्ध गराएको हो। टिकट खरिदका क्रममा आवश्यक सहयोगका लागि HANPASS Customer Service Center बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालनमा रहनेछ।

नयाँ ग्राहकले खाता दर्ता गरी कन्सर्टको टिकट खरिद गर्दा ३० हजार वन बराबरको निःशुल्क रेमिट्यान्स कुपन प्राप्त गर्नेछन्। त्यस्तै, HANPASS MEGA FESTIVAL EVENT अन्तर्गत लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहार जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ। तीज विशेष कार्यक्रमअन्तर्गत गिफ्ट ह्याम्पर तथा रक्षाबन्धन इभेन्टमा १० जना विजेताले जनही ५ हजार वन जित्ने अवसरसमेत रहेको छ।

टिकट दोङ्देमुनस्थित रोयल इन्डियन रेष्टुरेन्ट र सुवनस्थित भेटघाट रेष्टुरेन्टबाट अफलाइन रूपमा पनि खरिद गर्न सकिनेछ। त्यस्तै, बुसान, उल्सान, गिम्हे, गजे र थेगु क्षेत्रका दर्शकले HANPASS गिम्हे शाखामार्फत अनलाइन तथा अफलाइन दुवै माध्यमबाट टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
कोरियाका विभिन्न शहरमा रहेका हजारौँ नेपाली तथा नेपाली संगीतप्रेमीको सहभागिता अपेक्षा गरिएको छ। लामो समयपछि कोरियामा नेपथ्यको प्रत्यक्ष प्रस्तुति हुन लागेकाले यो कन्सर्टलाई विशेष सांगीतिक कार्यक्रमका रूपमा हेरिएको छ।

अनलाइन टिकट खरिदसम्बन्धी परामर्श वा अन्य कुनै समस्या भए HANPASS Customer Service Center मा 02-3409-1126 वा 010-7542-8107 मा सम्पर्क गर्न सकिनेछ। साथै, HANPASS को फेसबुक पेज मार्फत पनि जानकारी तथा सहयोग लिन सकिने आयोजकले बताएको छ।

टिकटको लागि लिंक abr.ge/01h3c43

यसमा तपाईको प्रतिक्रिया