बिहिबार, भदौ २५, २०८३

जापानमा स्याङ्जा समाजले राहत कोष सहयोगार्थ सेप्टेम्बर १३ मा तीज कार्यक्रम गर्दै

टोकियो । स्याङ्जा समाज जापानको आयोजनामा विपद् व्यवस्थापन राहत कोष सहयोगार्थ लक्ष्मी रेमिट तीज कार्यक्रम–२०२६’ आयोजना हुने भएको छ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक जीवन सिग्देल र लोक तथा दोहोरी गायिका काजल गुरुङको विशेष सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रम १३ सेप्टेम्बर २०२६ का दिन साँझ ६:३० बजेदेखि ९:०० बजेसम्म कोगानेई मियाजिगाकी हल, मुसाशी–कोगानेई स्टेशन टोकियोमा आयोजना हुनेछ।

कार्यक्रमका लागि नेपालबाट गायक जीवन सिग्देल बुधवार जापान आईसक्नू भए संगै तयारी पुरा भएको छ । उक्त कार्यक्रमबाट संकलित रकम विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोग गरिने स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्कीले जानकारी दिनुभयो।
तीज कार्यक्रममा महिलाका लागि प्रवेश निःशुल्क तथा पुरुषका लागि प्रवेश शुल्क ¥२,००० तोकिएको छ।

कार्यक्रमलाई विभिन्न संघसंस्था तथा मातृ सन्देश डटकमले मिडिया सहकार्य गरेका छन्। आयोजकले जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई तीजको सांस्कृतिक उत्सवसँगै विपद् पीडितका लागि सहयोग गर्न आग्रह गरेको छ।

यसमा तपाईको प्रतिक्रिया