काठमाडौं । गायिका स्मृति गौतम र गायक सरोज लामिछानेको नयाँ नेपाली लोकदोहोरी गीत ‘निष्ठुरे’ सार्वजनिक भएको छ।
मौलिक काठे भाकामा तयार गरिएको गीतमा प्रेम, बिछोड र मायामा आउने भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ। गीतको भिडियोमार्फत प्रेम सम्बन्धमा देखिने पीडा र विछोडको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
‘निष्ठुरे’ मा स्मृति गौतम र सरोज लामिछानेको स्वर रहेको छ भने भिडियोमा आयुष्मा कार्की लगायतको अभिनय रहेको छ। गीतको भिडियो गायिका स्मृति गौतमको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
लोकदोहोरी तथा मौलिक नेपाली संगीतप्रेमी दर्शक–श्रोतामाझ नयाँ स्वाद दिने अपेक्षा गरिएको ‘निष्ठुरे’ सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

