टोकियो । तमु धीं जापानको आयोजनामा हुन लागेको २८ औं रोधी साँझ २०२६ को निमा रुम्बाको लाईभ कन्सर्टको तयारी पुरा भएको छ ।
कन्सर्टको लागी नेपाली पप संगीतका चर्चित गायक, गीतकार तथा संगीतकर्मी तमु धीं जापानको आयोजनामा हुन लागेको २८ औं रोधी साँझ २०२६ को निमा रुम्बाको लाईभ कन्सर्टको तयारी पुरा भएको हो।
चर्चित गायक रुम्बाले आगामी अगस्ट ९, २०२६, आइतबार टोकियोको शिन्जुकुस्थित WARP CLUB SHINJUKU मा ब्यान्डसहित लाइभ प्रस्तुति दिने आयोजित पत्रकार सम्मेलन तथा स्वागत कार्यक्रमको आयोजना गर्दै आयोजकले जानकारी दिनु भयो ।
तमु धीं जापान को गौरवमय प्रस्तुति अन्तर्गत आयोजना हुन लागेको २८औँ रोधी साँझ–२०२६ मा “NIMA RUMBA &MERCURY BAND – LIVE CONCERT IN TOKYO” मुख्य आकर्षणका रूपमा रहनेछ। भने तमु धीं जापान संस्कृतिक परिवार का कलाकारहरुद्वारा तमु समुदाय संबन्धित बिभिन्न आकर्षक कल्चरल नृत्यहरु प्रस्तुत हुने तमु धीं जापानका अध्यक्ष अमर गुरुंगले जानकारी दिनुभयो ।
अध्यक्ष अमर गुरूङले जापानमा रहेका नेपाली संगीतप्रेमीका लागि निमा रुम्बाको प्रत्यक्ष सांगीतिक प्रस्तुति अनुभव गर्ने विशेष अवसर मात्र नभई तमु समुदायको भाषा, कला, संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको तमु धीं जापानका । उहाँका अनुसार यस्ता कार्यक्रमले विदेशमा रहेका नयाँ पुस्तामा आफ्नो संस्कृति र परम्पराप्रति अपनत्व जगाउँदै त्यसको निरन्तरतामा टेवा पुर्याउने बताउनु भयो । भने इश्वर गरूङ, ओम गुरूङ, रबिन सेरचनले लगातले शुभकामना मन्तब्य राख्नु भएको थियो
कार्यक्रम अगस्ट ९ तारिख आइतबार दिउँसो ४ बजेदेखि साँझ ७:३० बजेसम्म सञ्चालन हुने बताउनुभयो । हरेक बर्ष जस्तै यसबर्ष पनी कार्यक्रमबाट हुने मुनाफा सामाजिक कार्यमा खर्चिने समेत बताउनु भयो ।
कार्यक्रमका लागि VIP टिकट १० हजार येन, सामान्य टिकट ५ हजार येन तथा अग्रिम टिकट ४ हजार यन तोकिएको छ।

