बुधबार, मङि्सर ०३, २०८३

देउवा पक्ष जनसम्पर्क समिति जापानको सातौँ अधिवेशन नोभेम्बर २९ मा हुने

टोकियो । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशन आगामी नोभेम्बर २९ तारिख आइतबार टोकियोमा आयोजना हुने भएको छ।
लोकतान्त्रिक मूल्य–मान्यता, संगठनात्मक एकता तथा प्रवासी नेपालीबीचको आपसी सद्भाव र सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले अधिवेशन आयोजना गर्न लागिएको समितिले जनाएको छ।
अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय संयोजक प्रा. डा. शशांक कोइरालाको प्रमुख आतिथ्यता रहने समितिका संयोजक रेशम डंगोलले जानकारी दिनुभयो ।
त्यसैगरी पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाली कांग्रेसको जनसम्पर्क समन्वय विभागका प्रमुख किरणराज शर्माको विशिष्ट आतिथ्यता रहने कार्यक्रम तय भएको छ।

अधिवेशनले जापानमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान कार्यकर्ता तथा शुभेच्छुकहरूबीच संगठनात्मक एकता, आपसी सहकार्य र सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आयोजक समितिले जापानस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्व, बुद्धिजीवी, व्यवसायी, पत्रकार एवं सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम विवरण:
मिति: २०२६ नोभेम्बर २९, आइतबार
समय: बिहान ११ बजे
स्थान: कुमारी रेस्टुरेन्ट, शिनओकुबो, टोकियो

यसमा तपाईको प्रतिक्रिया