टोकियो । जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत एवं उपनियोग प्रमुख हरिहर कान्त पौडेललाई परराष्ट्र मन्त्रालयले स्वदेश फिर्ता बोलाउने निर्णयको अदालतले रोकेको छ ।
सेवाग्राहीको काममा अनावश्यक ढिलासुस्ती गरेको, सेवा प्रदान गर्ने नाममा घुस मागेको तथा दूतावासमा सेवा लिन आउने नेपाली नागरिकलाई अनावश्यक दुःख दिएको भन्दै गुनासो आएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
जापानमा लामो समयअघि देखि नेपालबाट ट्रेनिंग, गिजिंकोकू अर्थात् ब्याचलर, भिजीट, एसएसडब्लू भीसामा नेपालीलाई जापान ल्याएर अलपत्र पारेको भेटिए पछी पौडेलले त्यस्ता एजेण्ट अर्थात् बिचौलियाको काम रोकेको थिए । तर तीनीहरूले नेपाली दूतावासमा सम्पर्क गर्दा अनावश्यक झन्झट र ढिलासुस्ती बेहोर्नुपरेको भन्दै मन्त्रालयसम्म गुनासो पुर्याएका थिए ।
त्यस्तै पौडेललाई घुस मागिएको भनिएका घटनाको विस्तृत विवरण, उजुरीकर्ताको पहिचान तथा आरोप पुष्टि गर्ने प्रमाण सार्वजनिक भइसकेका छैनन् ।
पौडेल यसअघि कतार, इजरायल र स्पेनस्थित नेपाली कूटनीतिक नियोगमा समेत कार्यरत रहिसकेका अधिकारी हुन्।
पौडेल जापानस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुखका रूपमा कार्यरत थिए। जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी फिर्ता भएपछि उनले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए।
जापानमा ठूलो संख्यामा नेपाली नागरिक अध्ययन, रोजगारी, व्यवसाय तथा विभिन्न पेसामा आबद्ध छन्। उनीहरूका लागि नेपाली दूतावास राहदानी, कागजात प्रमाणीकरण, यात्रा सहजीकरण, कानुनी तथा कन्सुलर सहयोग उपलब्ध गराउने प्रमुख सरकारी निकाय हो ।
पौडेल काब भए पश्चात् नेपालको राष्ट्रपतिलाई जापान भ्रमण गराएको, एनआरएनए जापानको सहकार्यमा घुमती सेवा विभिन्न नेपाली संघ-संस्थासंग सहकार्य गरेर काम गरेका छन् । पौडेलका अनुसार सरकारी कर्मचारीको सरुवा, बढुवा वा काज र फिर्ताको कुरा नियमित प्रक्रिया भएको बताउदै आफूमाथि घुस, काममा ढीलासुस्ती बारे लागेको आरोपहरुको सम्वन्धमा भने जापानमा रहेका नेपालीहरुले आफ्नो काम देखेर जवाफ दिने बताए ।

