जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको केन्द्रीय सदस्यमा युवा ब्यवसायी सुर्य लामिछानेले उम्मेदवारी दिनुभएको छ ।
रोजगारीको शिलसिलामा २००७ सालमा जापान आउनुभएका लामीछानेले केहि बर्ष जागीर गरेर आफुले आर्जन गरेको ज्ञान, सिप र अनुभबले आफ्नै ब्यवसाय गर्ने मनसायले २०१४ सालमा ब्यवसायी सुरु गर्नुभयो । निरन्तरको मेहनत, लगनशिलता र इमान्दारीताले ब्यवसायमा सफलता हासील गर्दै जानुभयो । टाेकीयोमा सफल युवा ब्यवसायीको छबि बनाउनुभएका लामीछानेको कम्पनिको ७ स्थानमा शाखा छन । जहा धेरै नेपाली, ईन्डियान र थाइल्याण्डका नागरिकले रोजगारी पाएका छन ।
ब्यवसायीसंगै लामिछाने सामाजिक कार्यहरुमा समेत निकै सकृय हुनुहुन्छ । बिभिन्न सामाजीक संघ सस्थामा नेतृत्वदायी भुमीकामा रहेर सफल नेतृत्वकर्ताको पहिचान बनाउनुका साथै सामाजीक कार्यमा समेत अग्रणी भुमीका निर्बाह गर्दै आइरहनुभएको छ । हाल बलेवा सेवा समाज त्यस्तै बाग्लुङ समाजमा संरक्षकको भुमिकामा रहेर बिभिन्न सामाजीक गतिबिधिमा सकृय रुपमा सहभागी रहदै आउनुभएको छ । जापानमा आपत, बिपतमा परेका नेपालीलाई निरन्तर सहयोग गर्दै आउनुभएका लामीछानेले आफुले गर्दै आइरहेको सामाजीक कार्यलाई अझै फराकीलो बनाउनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारि दिएको बताउनुहुन्छ ।
पारदर्शीता खबरदारीता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्दता” भन्ने तथ्यलाई आत्मसात गर्दै खुल्ला केन्दीय सदस्यमा उम्मेदवारी दिनुभएको लामीछानेले आपतबिपतमा परेका नेपालीलाई बिगत देखि नै सक्दो सहयोग गर्दै आएका छन ।
एनआरएनए जापानको जुलाइ २७ तारिख हुने निर्वाचनमा एनसीसी सदस्यमा मतदान गरेर सहयोग गर्न लामिछानेले अपील गर्नु भएको छ ।

