जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि सह–कोषाध्यक्ष पदमा रामु कंडेलले उम्मेदवारी घोषणा गरेका छन् ।
करिब दुई दशकअघि रोजगारीको सिलसिलामा जापान प्रवेश गरेका कंडेल पछिल्ला १२ वर्षदेखि आफ्नै व्यवसाय सञ्चालन गर्दै नेपाली समुदायसँग नजिकको सम्बन्ध बनाउँदै आएका छन् । सन् २०१९ देखि एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहँदै आएका कंडेल हाल संस्थाको केन्द्रीय सदस्यको रूपमा कार्यरत रहेका छन् ।
कँडेलले उम्मेदवारी घोषणा गर्दै,निम्न प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।
-आर्थिक पारदर्शिता र जवाफदेहिताको -सुनिश्चितता।
-सदस्यता शुल्क तथा सहयोग रकमको प्रभावकारी सदुपयोग ।
-वित्तीय रिपोर्टिङ प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने ।
-आपतकालीन राहत कोष निर्माण र व्यवस्थापनमा योगदान,
-साना व्यवसायी तथा कामदार वर्गका लागि वित्तीय सशक्तीकरण कार्यक्रमको सञ्चालन।
रामु कंडेलले आफ्नो उम्मेदवारीलाई “पदको खोजी होइन, सेवा र संस्थाको दिगो भविष्यप्रति समर्पण” को रूपमा लिएको उल्लेख गर्दै समुदायको विश्वास, साथ र अमूल्य मतको लागि अपिल गरेका छन् ।

