जापान । एनआरएनए जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि टिकाराम खरेलले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। हाल २०२३–२०२५ कार्यकालका महासचिव समेत रहनुभएका खरेल लामो समयदेखि संस्थामा क्रियाशील रही आउनु भएको एक सफल अनुभवी अभियन्ता समेत हुनुहुन्छ ।
“इमान्दारिता, आर्थिक पारदर्शिता र लगनशीलता, सक्षम, सबल र साझा ल्च्ल्ब् मेरो प्रतिबद्धता हो।” खरेलले भन्नुभयो ।उहॅाले संस्थाको मजबुत र समावेशी विकासका लागि आफूले समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
विगत सन् २००८ देखि साधारण सदस्यको रूपमा एनआरएनएमा आबद्ध खरेल सन् २०१३ देखि संस्थाको विभिन्न जिम्मेवारीहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्रियाशील रहँदै आईरहनु भएको छ। आफ्नो अनुभव, क्षमता र नेतृत्वदायी सोचलाई अझ व्यापक रूपमा प्रयोग गर्दै संस्थालाई अगाडि बढाउने अठोटका साथ उहॅाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
“संस्थाको विधि, विधान र जापानको प्रचलित कानुनको सम्मान गर्दै एनआरएनए जापानलाई सबै नेपालीको विश्वास र भरोसाको केन्द्र बनाउने मेरो लक्ष्य हो।” खरेलले भन्नु भयो ।

