जापान । विगत १२ बर्ष देखि जापानको फुकुओकामा बसोबास गर्दै आएका नारायण सुवेदीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
आफ्नो पेशा व्यवसायसंगै एनआरएनए अभियान तथा समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै आएका सुवेदीले विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । सुवेदीको सामाजीक यात्रा सन् २०१६ मा खुकुरी फुटबल क्लब स्थापना र खुकुरी कप फुटसल प्रतियोगिता आयोजना सँगसँगै औपचारिक रूपमा सुरु भएको थियो।
सुवेदीले एनआरएनएमा विभिन्न तहमा रहेर काम गरिसकेका छन्। उनि सन २०१७–२०१९: एनआरएनए क्युस्यु क्षेत्रीय सदस्य,सन २०१९–२०२१: क्युस्यु कोषाध्यक्ष,सन २०२१–२०२३: एनआरएनए जापान मानार्थ सदस्य र सन २०२३–२०२५: वर्तमानमा एनआरएनए जापानको सदस्यको रुपमा रहेका छन् ।
सुवेदीले जापानस्थित नेपाली राजदूतावासको सहकार्यमा फुकुओकामा आयोजित घुम्ती सेवा, नेपाल फेस्टिवल, हाकाता दोन्ताकु, फुकुओका अध्यागमन ब्यूरोसँगको नेपालीहरूका समस्यामाथिको अन्तरक्रियाजस्ता विभिन्न कार्यक्रमहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । साथै, नेपाल र जापानमा समस्यामा परेका नेपालीहरूलाई सहयोग पुर्याउने विविध अभियानमा पनि उनको सक्रियता उल्लेखनीय रहँदै आएको छ।
बोलीमा सालिनता, काममा अग्रसरता, विश्वासिलो एनआरएनए निर्माणमा हाम्रो अटल प्रतिबद्धता भन्ने नारा अघि सार्दै सुवेदीले आफूलाई अत्यधिक बहुमतका साथ विजयी गराई सेवा गर्ने अवसर दिन सबैमा हार्दिक अपिल गरेका छन् ।

