आइतबार, जेठ १७, २०८३

एनआरएनए जापानको खुल्ला सचिवमा दिनेश लोहनीको उम्मेदवारी दर्ता

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल सन २०२५ -२७)को लागि दिनेश लोहनीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिगत १४ बर्षदेखि जापान बस्दै आएका लोहनी, अध्ययन सक्काएर पछिल्लो १० वर्षदेखि जापानमा आफ्नो व्यवसाय गर्दै आईरहेका छन्। लोहनी व्यवसायसंगै निरन्तर विभिन्न सामाजिक संस्थाहरुमा आबद्धता रहँदै आएका छन् । धादिन्ग समाज जापानको महासचिव वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष समेत भइ सफल कार्यकाल सम्पन्न गरिसकेका छन् भने,एनआरएनए जापानको मानार्थ सदस्य तथा वर्तमान कार्यसमितिको सल्लाहकारका रुपमा सक्रिय रहँदै आएका छन्। लोहनी वर्तमान कार्यसमितिको एक सक्रिय सदस्य हुन्।

धादिङ समाज जापानको सफल नेतृत्व तथा एनआरएनए जापानको केन्द्रिय कार्यसमिति सदस्य भएर सामाजिक कार्यहरु मार्फत नेपाली समुदायमा परिचित लोहनी, नेपालका आवश्यक ठाउँहरुमा थप सेवा गर्न सकियोस् र जापानमा बस्ने नेपालीहरु को समस्या विगत १४ बर्षदेखि नियाली रहेको र आवश्यक समाधान पनि एनआरएनए जापान जस्तो संस्थामा आबद्ध रही नेपाल र जापान बिचको सम्बन्ध जनस्तरमा पुर्याउनुको साथै प्रबिधि रूपान्तरण सम्म सहकार्य गर्न सकिने बिश्वासको साथ कार्यसमिति (२०२५-२०२७ ) सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेको बताउँछन् ।

एनआरएनए जापानको यहि जुलाई २० तारिख १२ औँ अधिवेशन तथा २७ तारिख निर्वाचनको मिति तय भएको छ।