आइतबार, जेठ १७, २०८३

जापानबाट राजकुमार अधिकारीको एनआरएनए आईसीसी सदस्यमा उम्मेदवारी घोषणा

जापान । एकता, सशक्तिकरण, सहयोग र विकासको प्रतिबद्धता सहित एनआरएनए अभियानमा लामो समय अघिबाट सक्रिय समाजसेवी राजकुमार अधिकारीले गैरआवासिय नेपाली संघ (एनआरएनए) आईसीसी सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
जापानमा व्यवसाय सहित सामाजिक क्षेत्रमा सक्रिय अधिकारीसंग यस अघि एनआरएनए जापान केन्द्रिय सदस्य, उपाध्यक्ष लगाएत पदमा बसेर काम गरेको अनुभव छ ।
एनआरएनए संस्था भन्दा बाहिर रहेर सामाजिक काममा खटिंदै आएको छु, अब नेतृत्व तहमै रहेर संस्थागत छविलाई पनि शिरमा पूर्याउने गरि काम गर्न उम्मेदवारी दिएको अधिकारीको दाबी छ । झण्डै साड़े दशक देखी अप्रत्यक्ष, प्रत्यक्ष रुपमा हरेक एनआरएनए गतिविधिमा सक्रिय सहभागीता जनाउँदै अधिकारी हाल नागोया क्षेत्रमा रहेर रियलस्टेट र रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएको छ ।

‘सन् २०१६ मा कुमामोतोको बिनासकारी भूकम्प होस् वा २०११ को फुकुशिमा बिनासकारी भूकम्प र सुनामीपछिको बिपद हरेक ठाउँमा नेपाली झण्डा बोकेर, फिल्डमै सेवा र उद्दारमा खटिएको छु ।’ अधिकारीले भन्नुभयो ‘नागोया लगायत यस क्षेत्रमा समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्न विद्यालय देखी अध्यागमन कार्यालय जहाँ परेपनि निस्वार्थ भावले खटिएर सहयोग गर्दै आएको छु, अहिले गरिरहेको व्यक्तिगत सहयोग र सेवालाई एनआरएनए संस्था मार्फत गर्दा अझै धेरै व्यक्तिलाई सहयोग गर्न सकिन्छ भनेर उम्मेदवारी दिएको बताउनु भयो ।

अधिकारीले नेपालमा समेत हेल्पिंग ह्याण्ड अर्गनाईजेशन नामक सामाजिक संस्था दर्ता गरेर विद्यालय पुर्ननिर्माण, आपद बिपदमा सहयोग लगायत काम गर्दै आउनुभएको छ ।