सोमबार, बैशाख ०७, २०८३

नेपाल मगर संघ जापान ओकिनावा क्षेत्रको अध्यक्षमा रामबहादुर चयन

जापान । नेपाल मगर संघ जापान, क्षेत्रीय समिती ओकिनावाको प्रथम अधिवेशन २०२५ ऐतिहासिक र भव्य रुपमा सु-सम्पन्न भएको छ । गत आइतवारका दिन “नमस्ते गाउँले” रेष्टुरेन्टमा सम्पन्न प्रथम अधिवेशनबाट २०२५-२०२७ को लागि राम बहादुर थापा मगर (कुमार) अध्यक्ष नया कार्यसमितीमा सर्वसम्मत चयन भएको हो।

त्यसै गरी उपाध्यक्षमा अनिल राना मगर, सुर्य राना मगर र आश्मा राना मगर, सचिबमा अमृत रास्के मगर, सहसचिबमा मनोज बाचे मगर, मोनिका मगर कोषाध्यक्षमा मोहन मगर, सहकोषाध्यक्षमा : सबिना मगर र सदस्यहरुमा सुजन किजिम मगर, अमृत राना मगर, जेम्स पुन, बालु मोक्मी मगर, पारस थापा मगर, दिलु कुमारी पुलामी, विष्णु मगर, मोहन पाईजा मगर रामबहादुर पुनमगर, विवेक थापा मगर, अस्मिता बाचे मगर, कृतिका बुढा मगर, एलिना आले मगर, मोहन पुन मगर, जीवन मगर, गीता मगर र प्रणीत पुन मगर निर्बाचित हुनु भएको छ । त्यसै गरी सल्लाहकार : प्रितम गर्बुजा मगर, मोहन थापा मगर, नवराज पुन मगर हुनुभएको छ ।

उक्त अधिबेसनमा नेपाल मगर संघ जापान केन्द्र बाट अध्यक्ष रामहरी खपाङ्गी मगर, महासचिव भिक्टर ठाडा मगर, कोषाध्यक्ष, सबिन थापा मगर आउनु भएको थियो । अध्यक्ष रामहरी खपाङ्गी मगर प्रमुख अतिथी को रूपमा रहनु भएको थियो । उहाँले “केन्द्रीय समिती र क्षेत्रीय समितीको समन्वय राम्रो हुनु पर्छ र जापान भरीको मगरहरुलाई भाइचारा गराउनु सक्नु कार्यसमितीको जिम्मेबार हो र ओकिनावा क्षेत्रमा नेपाल मगर संघको क्षेत्रीय समितीले पारेको उत्कृष्ट र सकारात्मक प्रभावलाई स-धन्यवाद आभार प्रकट गर्दै आगामी कार्यकाल अझ सक्रिय बनेर धेरै राम्रा कामहरु गर्न सकोस” भनि शुभकामना व्यक्त गर्नु भएको थियो।