बुधबार, साउन ०१, २०८२

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठ भिड्दै, जुलाई १२ मा उम्मेदवारी घोषणा गर्ने

जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान गतिबेला गमीै बढेसंगै अधिवेशनको सरगर्मी पनि बढिरहेको छ। यसैक्रममा जापानमा १७ वर्षदेखि बसोबास गर्दै सामाजिक सेवामा निरन्तर संलग्न रहँदै आएका सिद्धार्थ श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनए जापानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले यसअवधिमा एनआरएनएको मानार्थ सदस्य, सल्लाहकार, प्रवक्ता, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आएका छन्।

श्रेष्ठले संस्थालाई पारदर्शी, सक्षम तथा प्रभावकारी नेतृत्व प्रदान गर्ने लक्ष्यका साथ अध्यक्ष पदमा आफ्नो शसक्त दावेदारी सहित उम्मेदवारी दिने बताएका छन् । समाजका गलत प्रवृत्तिहरु माथी प्रष्ट बिचार सहित खरोरुपमा उत्रिने श्रेष्ठले संस्थाभित्रका गतिविधिहरुमा पनि उत्तिकै शसक्त रुपमा सुधारका लागि पहल गर्दै आएको बताउँछन् ।
अध्यक्षका दावेदार श्रेष्ठ भन्छन् संस्थालाई पारदर्शी, उत्तरदायी र स्वच्छ बनाउन मैले सधैं आवाज उठाएको छु, म सधैं पीडित, दुःखी र समस्यामा परेका नेपालीहरूको हितमा लागिरहेको छु, र अब अध्यक्षको भूमिकाबाट अझै प्रभावकारी भएर समुदायको सेवा गर्ने अठोटका साथ उम्मेदवारी दिने छु।

नेपालमा रहँदा पनि श्रेष्ठ खेलकुद क्षेत्रमा उल्लेखनीय सक्रियता जनाउँदै जिल्लादेखि राष्ट्रियस्तरका दर्जनौं तेक्वान्डो प्रतियोगितामा सहभागी भइसकेका छन्। खेलकुदको माध्यमबाट नेतृत्व र समर्पण सिक्दै जापानमा सामाजिक सेवाका विभिन्न अभियानहरूमा अग्रसर रहँदै आएका छन्।

एनआरएनए जापान — “नेपालीका दुःखमा पहिलो सहारा१”( सिद्धार्थ श्रेष्ठको नारा नेतृत्मा हाप्ने गरि मैदानमा उत्रेका छन् । मलाई कसैसँग प्रतिस्पर्धा गर्नु नै छैन । निर्वाचन भनेको एक सुन्दर लोकतान्त्रिक प्रक्रिया हो । आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका सिद्धार्थ श्रेष्ठले आगामी जुलाई १२ शनिबारका दिन उम्मेदवारी घोषणा सभा आयोजना गर्न लागेका छन्।

उम्मेदवारी घोषणा सभा

📅 मिति: २०२५ जुलाई १२ (शनिबार)
⏰ समय: दिउँसो ४:०० बजे
📍 स्थान: Solmari Hall, Shin-Okubo, Tokyo

यसमा तपाईको प्रतिक्रिया