बुधबार, साउन ०१, २०८२

गुरुङ समाज जापानको प्रथम वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम गर्ने

टोकियो । गुरुङ समाज जापानले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा ‘रमाइलो वनभोज तथा भेटघाट कार्यक्रम-२०२५’ आयोजना गर्ने भएको छ। वनभोज कार्यक्रम यहि महिना जुन २९ तारिख आइतबार भव्यताका साथ मनाउन लागेको हो ।
वनभोज तथा भेटघाट कार्यक्रमसँगै नेपालका ख्यातिप्राप्त चर्चित कलाकारहरूका साथै जापानमै रहेका स्थानीय कलाकारहरूको ‘लाइभ म्युजिक बाजा’ सहितको बेजोड साँस्कृतिक प्रस्तुति पनि रहने समाजका अध्यक्ष युवराज गुरुंगले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक जगदीश गुरुङका अनुसार गत वर्ष जस्तै यस वर्ष पनि कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनका लागि जापानमा बसोबास गर्ने सम्पूर्ण गुरुङ/गैर-गुरुङ समुदायका व्यक्तिहरू साथै विभिन्न संघ/संस्थाका अध्यक्षहरूलाई सादर निमन्त्रणा गरिएको छ।
गुरुङ समाज जापान परिवारले यस विशेष अवसरमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन सबैमा हार्दिक अनुरोध गरेको छ।