जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय समितिको ९ औँ अधिवेशन आउँदो जुन २९ तारिख हुने भएको छ।
एनआरएनए जापानको कान्तो क्षेत्रीय समितिको अधिवेशन आउँदो जुन २९ तारिख हुने कान्तो क्षेत्रीय समितिका उपसंयोजक दिपक सुवेदी बिप्वलद्वारा जानकारी दिए ।
उनका अनुसार कान्तोको ९ औँ अधिवेशन टोकियोको सिनओकुबोस्थित मुराहलमा आयोजना हुने तय गरिएको छ। ९ औँ अधिवेशनको तयारी तीब्र गतिमा अगाडी बढेको छ भने,विकास श्रेष्ठको संयोजकत्वमा बाबुराम सापकोटा,शालिकराम भण्डारी,बिजेश थकाली र हरि सापकोटा सदस्य रहेको निर्वाचन समिति समेत गठन गरिएको छ। यसका साथै,उम्मेद्वारी शुल्क समेत निर्धारण गरिएको छ। निर्वाचन समिति तथा शुल्क यस प्रकार रहेको छ।
निर्वाचन कमिटि आयुक्त विकास श्रेष्ठले,निर्वाचन नियमावली जारी गरिसकेसको जानकारी गराउँदै सोहि नियमावली अनुसार अधिवेशन सम्बन्धी गतिविधि अघि बढाउन सम्पूर्ण सरोकारवालहरुलाई आह्वान गरेका छन्।


