शुक्रबार, बैशाख ११, २०८३

थकाली सेवा समिति जापानले यस वर्ष सेप्टेम्वर १४ तारिख समर बार्बेक्यु गर्ने

जापान । यस वर्ष एनपीओ होजिन थकाली सेवा समिति (थ‍सेस) जापानले यही २०२५ सेप्टेंबर १४ तारिखका आइतबारको दिन समर बार्बेक्यु कार्यक्रम गर्ने भएको छ ।
थकाली सेवा समिति जापानले हरेक वर्ष जुलाइ १४ तारिख दिन गर्ने वाविक्यू यस वर्ष विशेष कारणले सेप्टेंबर १४ तारिख गर्ने थ‍सेस जापानका अध्यक्ष बुद्धी गौचनले जानकारी दिनुभयो ।
जापानबासी नेपाली र जापानीहरुवीच भाइचारा कायम राख्ने उद्देश्यले समर बार्बेक्यु कार्यक्रम गर्ने भएको हो ।

थ‍सेस जापानका अध्यक्ष गौचनका अनुसार कार्यक्रममा जापानमा रहेका थकाली समुदाय, जापानी नागरिकहरु र जापानमा क्रियाशील संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने जनाउनु भएको छ ।
थकाली सेवा समितिले प्रत्येक वर्ष अति ब्यवस्थित गरि आयोजना गर्दै आएको समर बिबिक्यूमा जापानमा रहेका सम्पूर्ण नेपालीहरूलाई उपस्थिति भई कार्यक्रमको शोभा बढाइदिन अध्यक्ष गौचनले अनुरोध गर्नुभएको छ।

कार्यक्रम राजधानी टोकियोको शिनकिबा बिबिक्यू पार्कमा बिहान ११ बजेबाट साँझ ५ बजे हुने कार्यक्रम हुने छ ।