शुक्रबार, जेठ ०३, २०८२

अनेसास जापानको समुन्द्रमाथि साहित्यिक यात्रा सम्पन्न

जापान । अनेसास जापानको ७४ औं नियमित साहित्यिक शृङ्खला अन्तर्गत समुन्द्रमाथि साहित्यिक यात्रा सम्पन्न भएको छ ।
अप्रिल २७ तारिख योकोसुका सहरदेखि नजिकको सामुन्द्रिक सारूसिमा टापुमा योकोसुका शहरबाट पानी जहाजको छोटो यात्रापछि पुगिने उक्त टापुमा नेपाली साहित्यिक कार्यक्रम आयोजना गरेको यो जापानमै पहिलो पटक हो ।

संस्थाका अध्यक्ष अरुण पौडलको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा अनेसासका उपसभापति तथा पूर्व अध्यक्ष बिष्णु प्रसाद घिमिरे ,केन्द्रीय पूर्व अध्यक्ष प्रकाश पौडेल माइला,पूर्व अध्यक्षहरू दीप पाठक, गिरिजा गैरे,चितवन समाज जापानका पूर्व अध्यक्ष राजन कुमार श्रेष्ठ,गुल्मेली समाज कान्तो संयोजक कृष्ण भण्डारी,ब्यवसायी राजु कार्की,राजेन्द्र अर्याल बलेवा समाज जापानका अध्यक्ष महेन ढकाल लगायत ६० जाना भन्दा बढी साहित्य अनुरागीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा दीप पाठक, अरुण पौडेल, प्रकाश पौडेल माइला, विश्ववन्धु भण्डारी, समर प्रेम, लक्ष्मण भन्तना शिरिष, दीपा घिमिरे सुभास पोखरेल लगायतका स्रष्टाहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो।
सम्पन्न कार्यक्रममा गजल,मुक्तक ,कविताहरू समुन्द्रलाई साक्षी राखेर सुनाँदा माहोल झनै सुन्दर बनेको थियो। बिभिन्न सहभागीहरूले ल्याउनु भएका नेपाली परिकारहरू सेल, अचार,जेरी ,बिरियानी, चटपट आदिको स्वाद ग्रहण सँगै नयाँ वर्ष २०८२ को शुभकामना आदान- प्रदान गरी सम्पन्न भयो

समुन्द्रमाथि गरिएको साहित्यिक कार्यक्रम सुन्दर र बिशेष रहेको, बाक्लो उपस्थितिले कार्यक्रम भव्य बनेको र यस प्रकारको छोटो भ्रमण सहितको कार्यक्रमले आत्मियता, भाइचारा बढाउँदा साहित्य सिर्जनालाई प्रेरणा दिने भएकाले यस्तो प्रकारको कार्यक्रमको निरन्तरताको लागि बक्ताहरूले बिचार राख्नु भएको थियो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष आनन्द अधिकारी कार्यक्रम संयोजक रहनु भएको कार्यक्रममा सस्थाका महासचिव अनिल कुमार निर्दोषले सहजीकरण गर्नु भएको थियो ।