मङ्गलबार, फागुन ०५, २०८२

नेपाल फेष्टिवल २०२४ मा ८३ लाख ८२ हजार आर्थिक मुनाफा, नेपाल हाउसमा खर्च गरिने

जापान । टोक्योको नाकानोमा गतवर्ष अक्टूबरको ३० र नोभेम्बर १ तारिख सम्पन्न १४औं नेपाल फेष्टिवल २०२४ मा २ करोड ३४ लाख ६ हजार १११ येन आम्दानी र १ करोड ५० लाख २३ हजार ३०० येन खर्च गरि ८३ लाख ८२ हजार ८११ येन आर्थिक बचत भएको नेपाल फ़ेस्ब्टिवल आर्थिक संयोजक कृष्ण गैरेले जानकारी दिनुभयो ।

जापानमा निर्माण गर्न लागिएको नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ मा ८० लाख ८२ हजार बढि मुनाफा भएको र ४२ लाख येन संकलन हुन बाँकी रहको छ।
नेपाली दुतावास टोकियो जापान, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गत नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन सम्पन्न नेपाल फेस्टिवल आईतबार टोकियोमा आय व्यय सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो।
एनआरएनए जापानको नेतृत्वमा निर्माण गरिन लागेको नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउनुका साथै नेपालीको जापानमा पहिचान, नेपालको पर्यटन प्रवर्द्धन गर्ने, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिने ध्येयका साथ आयोजित नेपाल फेस्टिवलमा कुल आम्दानी २ करोड ३४ लाख ६ हजार १ सय ११ जापानी येन भएको र कुल खर्च १ करोड ५० लाख २३ हजार ३०० हुँदा कुल बचत ८३ लाख ८२ हजार ८११ भएको १४ औं नेपाल फेस्टिवल २०२४ का आर्थिक व्यवस्थापन संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष गैरेले उक्त कार्यक्रममा जानकारी गराएका हुन्।
फेस्टिवलमा राखिएका रेष्टुरेन्टका स्टलबाट ४८ लाख, सेवामुलक स्टलबाट ३६ लाख १० हजार र सहयोगीदाताहरुबाट १ करोड ४९ लाख ९६ हजार १११ आम्दानी भएको जानकारी गराउँदै आर्थिक व्यवस्थापन संयोजक गैरेले उक्त रकम मध्य ४२ लाख १० हजार रकम उठ्न बाँकी रहेको बताए।

फेस्टिवलको आय व्यय सार्वजनिक गर्दै संयोजक गैरेले बोलकबोल रकम मध्य उठ्न बाँकी रहेका सहयोगदातालाई आगामी हप्तासम्म रकम जम्मा गर्न अनुरोध गरिएको सो अवधिसम्ममा रकम जम्मा नभएमा बोलकबोल रकम मध्य जम्मा भएको रकम र जम्मा नगरेको रकम भनेर अधिकारी फेसबुक पेज मार्फत सार्वजनिक गरिने बताए ।

आयव्यय सार्वजनिक कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले सफलतापूर्वक र सार्थकतापूर्वक नेपाल फेस्टिवल सम्पन्न गरिएकोमा खुशी व्यक्त गर्दै १४ औं नेपाल फेस्टिवलले राखेको उद्देश्य पूरा गर्नका लागि तदारुकताका साथ लाग्न आग्रह गरे। साथै आफूले समेत नेपाल हाउस निर्माणका लागि हरेक कोणबाट सहयोग गर्ने प्रतिवद्धता व्यत गरे।
कार्यक्रममा बोल्दै एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले जापानवासी सम्पूर्ण नेपालीको साथ र सहयोगमा नेपाल फेस्टिवल भव्यतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै अझ नाफामा जानु सकारात्मक भएको बताए।

नेपाल फेस्टिवल आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामाले जापानमा नेपाल फेस्टिवल आयोजना गर्न टोकियोबाट सुरुवात भएको महासंघसंगको सहकार्य क्षेत्र क्षेत्रमा अझ झाँगिदै गरेकोमा सहकार्य सार्थकता पाएको बताए।
कार्यक्रममा एनआरएनए अभियंता तथा संघ-संस्थाका अध्यक्षहरूले नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न भएको बताएका थिए।

कार्यक्रम एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता महासचिव टिकाराम खरेलको सञ्चालन र उपाध्यक्ष सचिन श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।