जापान । जापानको टोकियोस्थित कोगानेइ सहरमा बसोवास गर्दै आएका नेपालका १८ वर्षीय प्रो बक्सिङ खेलाडी निक्सन श्रेष्ठले २०२५ को ८२ औं पूर्वी जापान रुकी किंग बक्सिङ प्रतियोगितामा शानदार जित हासिल गरेका छन्।
५५ केजी तौल समूहको सुपर ब्यान्टम वेट वर्गमा प्रतिस्पर्धा गरेका श्रेष्ठले आफ्नो प्रतिद्वन्दीलाई ४ चरणका लागि तय गरिएको खेलको पहिलो चरणमै पराजित गर्दै, केवल २ मिनेटमै नकआउट (Knockout) गराए। यो जितसँगै उनले प्रतियोगितामा आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन्।
नेपालको रामेछाप जिल्लाको ठोसे बजारमा जन्मिएका निक्सन हाल कोगानेइ, टोकियोमा बस्दै आइरहेका छन् र जापानमै प्रो बक्सिङ खेल खेल्दै आएका छन्।उनको अर्को प्रतिस्पर्धात्मक खेल २०२५ मे ३१ तारिखमा तय गरिएको छ। यो खेलप्रति बक्सिङप्रेमीहरूमा ठूलो उत्साह देखिएको छ।
नेपाल र जापान दुवै स्थानबाट प्रेरणा लिएका निक्सन श्रेष्ठको यो यात्रा आगामी दिनहरूमा अझै शिखर चुम्ने विश्वास गरिएको बुबा निकेश श्रेष्ठले जानकारी दिए ।


Congratulations nicson
Good luck 👍
Thank you matrisandesh 🙏