जापान । अर्घाखाँची समाज जापानले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रम सम्पन्न गरेको छ । आईतबार टोकियोमा आयोजित कार्यक्रममा अर्घाखाची स्थायी घर भई हाल जापानमा रहेका अर्घाखाचेलीहरु जम्मा भई नंया वर्ष मनाएका हुन । कार्यक्रममा समाजका संरक्षकहरु बाबुराम पौडेल, दिपक थापा, सल्लाहकार गणेश रायमाझी, इन्दिरा खनाल लगायतले बोल्दै समाजले स्थापना कालदेखि नै सकरात्मक र रचनात्मक कार्यक्रम गर्दै आएको स्मरण गराउदै आगामी दिनमा थप कार्यक्रम गर्न सकोस भन्ने शुभकामना दिनुभएको थियो ।
चार्ड पर्व लक्षित यस्ता कार्यक्रमले नेपालको कला, संगित र संस्कृती नेपाली पर्व र परम्पराको विकास गर्न र नया पुस्तालाई हस्तातरण गर्न थप सहयोग गर्ने बताउनुभएको थियो ।
उहांहरुले जापानमा नेपालीहरुको संङख्या बढेसंगै समस्या पनि बढ्दै गएकाले आगामी कार्यक्रम त्यसतर्फ लक्षित हुनुपर्ने सुझाव दिनुभएको थियो ।
समाजका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नारायण प्रसाद भुषालले कार्यक्रममाथी प्रकाश पार्नुभएको थियो ।
उपाध्यक्ष टोपबहादुर घर्तीले स्वागत गर्नुभएको कार्यक्रममा महासचिव अर्जुन आचार्यले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा जापानलाई कर्म थलो बनाउदै आउनुभएका लोकप्रिय कलाकार चेतन घर्ती मगरले आफ्नो साङ्गीतिक प्रस्तुती मार्फ़त कार्यक्रमलाई संगीतमय बनाउनु भएको थियो भने इबा पौडेलले नृत्य प्रस्तुत गर्नु भयो।
सोही कार्यक्रममा जापानमै निर्माण गरिएको नयाँ साङ्गीतिक म्युजिक भिडियो तिम्रो माया को प्रिमियर समेत गरिएको थियो गोविन्द बिष्टले निर्देशन गर्नुभएको उक्त भिडीयोमा गाएक गाईका सुमन केशी र दिपा लामाले स्वर भर्नुभएको छ भने कलाकारहरू इन्दिरा केसी र शिरीष गौतमले अभिनय गर्नुभएको छ ।