जापान । नेपालको पछिल्लो समयको चर्चित कुमा सागर र उनको द ख्वप ब्यान्डले जापानमा सांगितिक धमाका दिने तयारी तीव्र बनाएको छ ।
नेपाली नेवारी भाषा र भाकालाई सांगितिक स्वादमा मिसाएर दर्शकको मन जित्न सफल कुमा सागर र उनको व्याण्ड भीषा आए संगै जापान आउने तयारी पक्का भएको छ ।
टोकियो, ओसाका, नागोया र फुकुओका शहरमा लाइभ कन्सर्टको तयारी भइरहँदा टोकियोको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजक दाजुभाई ईन्टरटेनमेन्ट र मन्त्र इन्टरटेनमेन्टका राकेश रुम्बाले जानकारी दिनुभयो ।
जापानमा कुमा सागर एण्ड द खोपा व्याण्डलाई भित्राएको एमएन प्रोडक्सनका अनुसार फुकुओकामा पहिलो कन्सर्ट मे १ तारिख आयोजना हुनेछ । यसैगरि टोकियोमा मे ४ तारिख सांगितिक तहल्का मच्चाउने तयारीमा रहेको कुमा सागर व्याण्डले ओशाका शहरमा मे ९ तारिख र जापानका नागोया शहरमा मे १२ तारिख आफ्नो सांगितिक प्रस्तुती सहित जापान यात्रालाई बिट मार्नेछ ।
टोकियो कन्सर्ट आयोजक दाजुभाई प्रोडक्सनका अनुसार सुरुवाती विशेष छुटको टिकट बिक्री सकिएको छ । सामान्य तर्फको टिकट विक्रि समेत अन्तिम चरणमा पुगेकाले कन्सर्टको हप्तादिन अघिनै सबै टिकट विक्रि हुने अपेक्षा आयोजकले राखेको छ । सीमित मात्र टिकट बाँकी भएकोले छिट्टै आफ्नो सिट सुरक्षित राख्न समेत कुमा सागर र उनको व्याण्डको लाईभ कन्सर्ट प्रतिक्षामा रहेका फ्यानहरुलाई आयोजकले आग्रह गरेको छ ।
कुमा सागरको जापान सांगितिक टुरको मुख्य प्रायोजन स्माइल रेमिट्यान्सले गरेकाले व्याण्डको जापान सांगितिक टुरको नाम स्माइल मोबाइल रेमिट्यान्स म्यूजिक टुर २०२५ नाम दिइएको छ ।
नेपाली गीत संगीतको दुनियामा पछिल्लो पुस्तामा कुमा सागर लोकप्रियताको शिखरमा छन् । उनको गीत गाउने छुट्टै शैली, नेवारी संगीतको प्रभावले धेरैलाई मोहित तुल्याएको छ । कुमा सागर प्रतिको दर्शक मोह र आकर्षणलाई अविस्मरणीय बनाउने तयारीमा रहेका व्यापक प्रचार थालेको आयोजक दाजुभाई ईन्टरटेनमेन्ट र मन्त्र इन्टरटेनमेन्टका मनोज श्रेष्ठले बताउनु भयो ।
Online tickets Opened plz visit our link and scan our QR Code Online Tickets Link
https://www.ticketkhai.com/kuma-sagar-tokyo