शुक्रबार, जेठ ०३, २०८२

थकाली सेवा समिति जापानको ७ औं पटक अध्यक्षमा बुद्धी गौचन निर्वाचित

टोकियो । थकाली सेवा समिति जापानको १७ औं अधिवेशन टोकियोमा सम्पन्न भएको छ । आईतबार मार्च २३ तारिख थकाली सेवा समिति जापानको सम्पन्न अधिधेशनबाट ७औं पटक अध्यक्षमा बुद्धी गौचन निर्वाचित हुनु भएको छ ।
७औं पटक अध्यक्षमा बुद्धी गौचन सर्वसहमति निर्वाचित गरिएको १७ औं अधिवेशन निर्वाचन समितिका संयोजक  शरदकुमार गौचनले जानकारी दिनुभयो ।

संस्थाको अधिवेशन र फागुपूर्णिमा शुभकामना आदान प्रदान सांस्कृतिक दुई चरणमा भएको कार्यक्रममा जापानका लागि नेपाली राजद्त डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष रोविन शेरचन, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, नेपाल पत्रकार महासंघका अध्यक्ष शान्त पहरी, जातीय संघ-संस्थाका अध्यक्षहरू लगाएतले शुभकामना सहित नव निर्वाचित कार्य समितिलाई बधाई दिए ।
अधिवेशनमा हालसम्मको कार्यप्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिनुका साथै प्रतिबेदन उपर छलफल गरी पारित गरिएको थियो ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति अध्यक्षमा बुद्धि गौचन सहित उपाध्यक्षहरूमा हेमन्त कुमार शेरचन, गिरी शेरचन, यशोदा गौचन चयन हुनु भएको छ ।
त्यसै गरि महासचिवमा राजु शेरचन प्रवक्तामा जीत प्रसाद शेरचन, दुई सचिवमा अमूल गौचन, संजीब गौचन र कोषाध्यक्षमा अरुण भट्टचन, सहकोषाध्यक्षमा जीवन भट्टचन र घनश्याम भट्टचन लाई जिम्मेवारी दिएको छ ।
समितिको सदस्यहरूमा कुमार शेरचन, वविल शेरचन, प्रेम शेरचन, जीत गौचन, खीम गौचन, रविन शेरचन, उत्तम भट्टचन, महेन्द्र कुमार शेरचन, सुरेन्द्र शेरचन, आनन्द शेरचन, सोम भट्टचन, हिकमत भट्टचन, जितेन्द्र शेरचन, मोहन तुलाचन, नरेश गौचन र अस्मिता शेरचन (गौचन) चयन हुनू भएको छ ।
थकाली समुदायले तोरन्ल्ह पर्व अर्थात फागुपूर्णिमालाई आफ्नो सबैभन्दा ठूलो पर्वकारुपमा हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आईरहेका र थकाली सेवा समिति जापानको सोहि पर्वको अबसर पारेर आफ्नो अधिवेशन २-२ वर्षमा गर्दै आईरहेको छ ।

त्यसै गरि थसेस जापानको १७ औं अधिवेशनबाट शरदकुमार गौचन संरक्षकमा आजिवन मनोनित भएका छन् ।  थकाली सेवा समिति जापानको दुई जना मानार्थ सदस्य मोचूजुकी कियोहिकी, प्रमिला गौचन डंगोल चयन गरेको छ भने सलाहकारहरूमा गोविन्द तुलाचन, रोविन शेरचन, विनोद शेरचन, दिपक भट्टचन, ओम प्रसाद तुलाचन, राजकुमार शेरचन, बुद्धि शेरचन र ववि गौचनलाई मनोनित गरेको छ ।