शुक्रबार, जेठ ०३, २०८२

सेभेन सामुराईले नेपाली चलचित्र ‘बलिदान’ जापानभर प्रदर्शन गर्दै

जापान । सन्तोष सेनद्धारा निर्देशित बहुचर्चित नेपाली चलचित्र ‘बलिदान’ जापानभर प्रदर्शन हुने भएको छ ।

नेपालमा आगामी दसैंको फूलपातीमा रिलिज हुने चलचित्र ‘बलिदान’ को जापानमा आगामी सेप्टेम्बर अन्तिमबाट प्रदर्शनींमा आउने सेभेन सामुराई ईन्टरनेशनल कम्पनीका संचालक तथा प्रबन्धक रेशम कुमार डंगोलले जानकारी दिनु भयो ।

सेभेन सामुराईले जापानको अफिसियल विक्रेताको राईट पाए संगै चलचित्र ‘बलिदान’ को जापानको ३ दर्जन शहरमा शो गर्ने योजना रहेको सेभेन सामुराई कम्पनीले जनाएको छ ।

समीर भट्टको एक्सन अवतारमा यस फिल्म एक्सनप्रधान बनेको छ । निर्देशक सेन आफूले अहिलेसम्म सबैभन्दा धेरै मेहनत गरेको फिल्म बलिदान भएको बताएका छन्।
फिल्ममा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ । यस फिल्मको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माणसमेत गरिएको थियो ।

फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस चलचित्र जापानको आफू बस्ने शहरमा प्रदर्शनी गर्न चाहनेहरूले सेभेन सामुराई ईन्टरनेशनल कम्पनीलाई सम्पर्क गर्न अपील गरेको छ ।

नेपाली चलचित्र बलिदान 🔥
#contact_for_your_city
株式会社 セブン侍インターナショナル
#Seven_Samurai_Co_Japan
📱 080–51574224
☎️054-251-7740 ,054-204-0164