टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले नेफिन साँस्कृतिक महोत्सव-२०२५ को आयोजना गर्ने भएको छ । नेफिन जापानको आयोजनामा आगामी अप्रिल १९ तारिख शनिबार ४ बजेदेखि मेगुरो कुमिन सेन्टर टोकियोमा उक्त महोत्सव हुने भएको हो ।
नेपाली राजदूतावास टोकियोको बिशेष सहयोग तथा एनआरएन जापानको सहयोगमा हुन गईरहेको उक्त महोत्सवका सह-आयोजकहरुमा थकाली सेवा समिति जापान, तमु धि जापान, नेपाल मगर संघ जापान, शेर्पा संघ जापान, नेपाल तामाङ समाज जापान, किरात याक्थुङ चुम्लुङ जापान, किरात राई यायोक्खा जापान, नेवाः खल जापान र थारु कल्याणकारिणी सभा जापान रहेका छन् ।
नेपालको आदिवासी जनजातिहरूको कला संस्कृति, भेषभूषा र बृहत् सांस्कृतिक कार्यक्रम सफल पार्नको लागि जापानका सफल ब्यवसायी एनआरएन आइसीसीका उपाध्यक्ष रोविन शेरचन, जापान मनि एक्सप्रेस, हिकारी कम्पनी लिमिटेडले मुख्य सहयोग गरेको छ ।
नेपालको विभिन्न जनजातिको झाँकी तथा साँस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको प्रमुख आकर्षण तथा जापान मै रहेका कलाकार हरूको प्रस्तुति रहने साँस्कृतिक महोत्सव मूल समारोह समितिका अध्यक्ष हवलचन्द्र लामाले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली मौलिक कला संस्कृतिहरूलाई संरक्षण, प्रवर्दधन गर्दै जापानी समुदाय तथा प्रवासी नेपालीहरू माँझ नेपालको मौलिकपन, संस्कृतिको दृष्य अवलोकनको साथ नया पुस्तामा हस्तान्तरणको एक मार्ग हुने समेत कार्यक्रम संयोजक तथा नेफिन जापान महासचिव प्रमिला राईले बताउनु भएकी छन् ।