बुधबार, माघ १६, २०८१

धादिङ समाज जापानको छैटौँ अधिवेशन आउँदो मार्च २३ तारिख हुने

टोकियो । नेपालको धादिङ जिल्लाबाट जापान आएर विभिन्न पेशा/व्यवसायमा आवद्ध धादिङेहरुको संस्था धादिङ समाज जापानको छैटौँ अधिवेशन आउँदो मार्च २३ तारिखमा आयोजना हुने भएको छ ।

धादिङ समाज जापान सन २०१३ मा स्थापना भई जापान र नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ। विशेषत समाजले जापानमा बसोबास गर्ने नेपालीहरुका विभिन्न कठिन् परिस्थितिहरुमा हातेमालो गर्दै आएको छ ।
समाजका महासचिव बिजय सडौलाका अनुसार,समाजको छैटौँ अधिवेशन यहि आउँदो मार्च २३ तारिक जापानको सिनोकुबो स्थित सोलमारी मुरा हलमा गरिने तय भएको हो । समाज अध्यक्ष श्यामहरि तिम्सिनाले जापानबासी धादिङ्गेहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका छन् ।

साथै सम्पूर्ण जापानबासि धादिङ्गेहरुलाई यस लिङ्क बाट साधारण सदस्यता लिईदिनका लागि पनि समाजले अनुरोध गरेको छ।

यसमा तपाईको प्रतिक्रिया