टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल जापान आईपुगेका छन् । प्रवासी नेपाली मञ्च जापानले प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रमको लागि महासचिव पोखरेल बुधबार बिहान जापान आईपुगेका हुन ।
जापानको नारिता विमानस्थलमा महासचिव शंकर पोखरेलको भव्य स्वागत गरिएको मंचका उपसचिव बुद्धिराज घिमिरेले जानकारी दिए । स्वागत कक्षमा नेपाली राजदुतावासका राजदुत डा. दुर्गा बहादुर सुबेदी, नेकपा एमाले कन्द्रिय सदस्य, ओसियाना र पुर्विएशियाका ईन्चार्च डा. सुर्य पाठक, ओएनएफ अन्तराष्ट्रिय कमिटि सदस्य तथा जापानका ईन्चार्ज सुरेश केसी मन्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, मंचका पदाधिकारी, सदस्य, सल्लाहकार , एनआरएनए जापानका अध्यक्ष नविन निउरे सहित नेपालीहरुको बाक्लो उपस्थिति प्रचार बिभाग प्रमुख महेन्द्रकुमार अधिकारीले बताए ।
पार्टी महासचिव शंकर पोखरेलले आन्तरिक प्रशिक्षण सहित जापानमा रहेका नेपालीहरूसँग प्रवासको चुनौती र राज्यले गर्नु पर्ने सहयोग लगायत विषयमा खुला अन्तरक्रिया कार्यक्रम समेत आयोजना हुने अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिए ।
प्रवासी नेपाली मञ्च जापानले टोकियोमा १ फेब्रुअरी २०२५ नागोया र २ तारीख टोकियोमा आन्तरिक प्रशिक्षण हुने सचिव राजेन्द्र श्रेष्ठले बताए ।
ओकिनावा प्रशिक्षण र अन्तरक्रिया एमाले केन्द्रीय सदस्य डा. सूर्य प्रसाद पाठकको प्रमुख उपस्थितिमा ओकिनावामा फेव्रुअरी ९ तारिख प्रशिक्षण र त्यसपछि खुला कार्यक्रम हुने भएको हो ।