जापान । नेपाल तामाङ समाज जापानले मञ्जुश्री सम्वत् २८६१औँ सोनाम ल्होछार सा पुख्री ९सर्प० ल्होको अवसरमा विभिन्न सास्कृतिक कार्यक्रम गरि सोनाम ल्होछार मनाउने भएको छ ।
तामाङ प्रथम चन्द्र महिनाको प्रथम दिन ख्रेला छेपा गी तामाङ भाषामा नयाँ वर्ष उत्सव हरेक बर्ष हर्सोल्लासकासाथ मनाउदै आएका छन् । तामाङ भाषामा ल्हो शब्दले बाह्र ल्होखोर अर्थात १२ वर्षे चक्रलाई बुझाउँछ । तामाङ परम्परामा ल्होले सम्बत, वर्ष, उमेर, आदि इत्यादिलाई जनाउँछ । हरेक वर्ष यो चक्रले एक–एक ल्हो फेर्छ । यहि ल्हो तामाङ समुदायले माघ महिनामा फेर्छ भनेर सदियौंदेखि मानि आएको छ ।
संसार भरी छरिएर रहेका तामाङहरू एक होऔँ, मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्वर्द्धन गरौँ भन्ने मुल उद्देश्यका साथ सोनाम ल्होछार नेपाली पात्रो अनुसार माघ १७ गते जनवरी ३० तारिख भएता पनि परदेशको समय सापेक्षातामा यसपाली माघ २० फेव्रुवरी २ तारिख टोकियोमा आयोजना हुने भएको हो ।
नेपाल तामाङ समाज जापानले नेपालबाट अतिथी कलाकारहरू गायक तथा सङ्गीतकार विश्व दोङ, सेलो तथा म्हेन्दोमाया गायिका रेश्मा बोम्जन, मोडल साङ्मो दोङ तामाङ र स्थानीय कलाकारहरूको साथमा मञ्जुश्री सम्वत् २८६१ औँ सा पुख्रि सर्प ल्हो सोनाम ल्होछार बिशेष बृहत् सांस्कृतिक कार्यक्रम – २०२५ केन्द्रीय समितीको आयोजनामा राजधानी टोकियोमा र क्षेत्रिय समितीहरूको आयोजनामा जापानका विभिन्न सहरहरूमा आयोजना गरिने जनाएको छ ।
तयस्तै जनवरी ३१ तारिख, नेपाल तामाङ समाज क्युश्यु क्षेत्रिय समितीको आयोजनामा फुकुओका, फेव्रुअरी १ तारिख, नेपाल तमाङ समाज तोहोकु क्षेत्रिय समितीको आयोजनामा सेन्दाई, फेव्रुअरी २ तारिख, केन्द्रको आयोजनामा टोकियोमा ल्होछार मनाउनेछ ।
त्यसैगरी, फेव्रुअरी ३ तारिख, नेपाल तामाङ समाज जापान क्षेत्रिय समिती कान्साईको आयोजनामा ओसाका, फेव्रुअरी ६ तारिख, नेपाल तामाङ समाज जापान ओकिनावाको आयोजनामा ओकिनावा, फेव्रुअरी ८ तारिख, नेपाल तामाङ समाज जापान किताकान्तो क्षेत्रिय समितीको आयोजनामा गुन्मा र फेव्रुअरी १५ तारिख, नेपाल तामाङ समाज जापान मिए च्युबु क्षेत्रिय समितीले नागोयामा भव्य ल्होछार मनाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा लामा गुरुद्धारा मोलम पाठ, बोन्बोहरूको सेर्लाप, डम्फुरेहरूको डम्फु सेलो, विभिन्न संस्कृति झल्काउने झाँकीका साथै अतिथी र स्थानीय कलाकारहररुको गीत सङ्गीत तथा नृत्यको बेजोड प्रस्तुती रहने हुँदा जापानवासी तामाङ तथा गैर तामाङ सम्पूर्णमा उपस्थितीका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।