शनिबार, पुष २०, २०८१

पत्रकार महासंघ जापानको चौथो साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको चौथो साधारण सभा तथा प्रवास पत्रकारिता-३ नामक स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ।
टोकियोमा डिसेम्बर २९ तारिख २०२४ आईतबार जापानमा क्रियाशिल पत्रकार महासंघका सदस्यहरु तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरुको सहभागितामा साधारण सभा सम्पन्न भएको हो ।

महासंघ जापान शाखाका अध्यक्ष शान्तकुमार पहरीको अध्यक्षतामा, केन्द्रीय अध्यक्ष निर्माला शर्मा र केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिपक आचार्यको भर्चुअल आतिथ्यताका साथ संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार तिलक मल्ल,निवर्तमान अध्यक्ष मोहन घले,सल्लाहकारहरु पूर्ण चलाउने तथा दीपक गौतम एवं अन्य सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो।

साधारण सभामा सचिव राजन गौतमले सांगठनिक प्रतिवेदन पेश गर्दै संस्थाको प्रगति विवरण, योजना तथा चुनौतीहरु प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अर्जुन लामिछानेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । यसैगरि उपाध्यक्ष इन्दिरा खनालले संस्थगत स्वागत मन्तव्य राखेकी थिइन् ।
यसैगरि सोहि दिन नेपाल पत्रकार महासंघ जापान शाखाले विगतदेखि नै प्रकाशन गर्दै आएको स्मारिका प्रवास पत्रकारिता-३ को पनि बिमोचन गरिएको थियो।
जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता,गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष नविन निउरे, महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल,निवर्तमान अध्यक्ष मोहन घले,नेफिन जापानका अध्यक्ष हवलचन्द्र लामा, नेपाली व्यवसायी संघ जापानका कोषाध्यक्ष मुक्तिराज रेग्मी,नेपाल एयरलाइंसका कन्ट्री डिरेक्टर राजेन्द्र कार्की क्षेत्री लगायतका अतिथिहरुद्वारा उक्त स्मारिका सामूहिकरुपमा विमोचन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *