सोमबार, असोज २१, २०८१

नेपाल भारत सम्बन्धको सान्धर्भिकता बिषयमा टोकियोमा अन्तरक्रिया हुने

टोकियो,३ साउन । जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक तथा नेपाल भारत सम्बन्ध पुनरावलोकन सम्बन्धी गठित प्रबुद्न समुहमा भारतीय पक्षका सदस्य समेत रहेका डा. महेन्द्र पी लामा र चुकुवा विश्वविद्यालयका सहायक प्रा.डा कमल लामिछाने लगायत टोकियोमा रहेका प्रबुद्व बर्गहरु बिच नेपाल भारत सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको छ ।

मुल आयोजक चुकुबा युनिभर्सिटी रहेको कार्यक्रमलाई बैदेशिक लगानी उच्च स्तरिय समन्वय तथा अनुगमन समितीका सदस्य महेश श्रेष्ठले संयोजन गर्नु भएको हो । जापानमा क्रियाशील सामाजिक अभियान्ताहरुको सहभागितामा आउँदो जुलाई २३ तारिक टोकियोको सिन्जुकुमा जाईका ईन्टरनेशनलको हलमा कार्यक्रम गर्न लागिएको डा. बिजय ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रमलाई जापानबासी नेपालीको साझा कार्यक्रम बनाउनका लागी सुदुर पस्चिमेली समाज र ‘संम्बृद्व नेपाल निर्माण अभियान’ले ब्यबस्थापकिय सहयोग गरेका छन् । नेपाल भारत सम्बन्ध लाइ नयाँ रुपमा व्याख्या गरिनु पर्ने आवाज उठी रहेको बखत प्रबासबाट पहिलो पटक यो बिषयबस्तु मा अन्तर्कृया गरिन थालिएको हो । जनस्तरबाट प्रवासमा हुने यी र यस्ता किसिमका कार्यक्रमले संम्बृद्व नेपाल निर्माणमा ईटा थप्ने काम हुन सक्ने भन्दै कार्यक्रममा उपस्थितिका लागी बिभिन्न राजनितीक दलका भात्रृसंगठनका प्रतिनिधी र संघ संस्थालाई अपिल गरिएको छ ।

कार्यक्रममा उपस्थितीको लागि ८० जना मात्र सख्या निर्धारण भएकोले उपस्थितीको पूर्व नाम दर्ता गर्न अनुरोध गरिएको छ ।