सोमबार, भदौ ०८, २०८३

गुल्मेली समाज जापानको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल र महासचिवमा थापा निर्वाचित

टोकियो । गुल्मेली समाज जापानको छैठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट कृष्णप्रसाद पोखरेल (बाबु) अध्यक्षमा र दिलिप थापा महासचिवमा निर्वाचित भएका छन्। नयाँ कार्यसमिति सन् २०२६-२०२८ सम्मका लागि चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण बराल, निर्मल शर्मा, कमल भण्डारी र महिला उपाध्यक्षमा जिनेस खरेल रहेका छन्। वरिष्ठ उपाध्यक्षमा मदन भण्डारी, उपमहासचिवमा विपेन्द्र केसी तथा सचिवमा निर्मल सिंह जिसी, उज्ज्वल पहराई र गोपाल काफ्ले निर्वाचित भएका छन्।

त्यस्तै, कोषाध्यक्षमा यम बहादुर, सहकोषाध्यक्षमा लालबहादुर काकी र युवा संयोजकमा किरण काकी चयन भएका छन्।

सदस्यहरूमा लेख बहादुर थापा, शंकर बराल, सुरज केसी कँवर, सुजान केसी, देव सापकोटा, रामप्रसाद खरेल, यादव कँडेल, शोभाराज न्यौपाने, जीवनलाल न्यौपाने, जीवन पाण्डेय, अर्जुन जवाली, रोशन गौतम, रमेश पाण्डे, विशाल क्षेत्री, विकु गुरुङ, सरोज काउछा, सरोज खरेल र सुरज गौतम रहेका छन्।

समाजको नयाँ नेतृत्वले जापानमा रहेका गुल्मेली समुदायबीचको आपसी सम्बन्ध, सहयोग, भाइचारा र एकतालाई थप मजबुत बनाउँदै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

यसमा तपाईको प्रतिक्रिया