काठमाडौँ । नेपालमा ‘जापानीज ट्रेनिङ एण्ड भोकेशनल'(तोकुतेइ गिनोउ इकुसेइ)कलेजको स्थापना भएको छ। भाषा र सिप बिना वैदेशिक यात्रा तय गर्दै गर्दा नेपाली विद्यार्थी तथा कामदामरले भोग्नु परेको समस्यालाई कम गर्ने उद्देश्यले बिहीबार घटस्थापनाको दिन यस कलेजको स्थापना गरिएको हो।
काठमाडौँको सुकेधारामा अवस्थित यस कलेजको उद्घाटन जाइका नेपाल प्रमुख माचुजाकी मिजुकीले गरेका हुन् । पछिल्लो समय जापान नेपालीहरुको आकर्षणको केन्द्र बन्न थाले पश्चात् जापानीज कलेज आवश्यकताको महसुस भएर नै नेपालीहरुको सहजताको लागि यस कलेजको स्थापना गरेको जनाएको छ ।
जापान जानेको संख्या बढेसँगै त्यहाँ पुगेर भाषा र सिपको नजानेर दुःख पाउनेको संख्या बढेको हुनाले दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यले यस कलेजको स्थापना गरिएको कलेजका संचालक राजेन्द्र केसीले बताए ।
कलेजका निर्देशक एवं जापनीज भाषा स्कुल संघ नेपालका अध्यक्ष रमेश देवकोटाले जापान जान चाहने सिप सिकेर जान सहज होस भन्ने उद्देश्यले कलेजको स्थापना गरिएको बताए।
नेपाली युवा, विद्यार्थीलाई जापान जानु अघि चाहिने भाषा सिप र तालिम प्रदान गरिने र विदेश जाने व्यक्तिले उक्त देशको भाषाको ज्ञान र जुन कामको लागि जाने हो सो सन्बन्धि सिप सिकेर जाँदा उपयुक्त हुने कलेजका निर्देशक महेशकुमार श्रेष्ठले बताए।
विगत् दुई दशकदेखि जापानसँग आवद्ध रहेर काम गरेका अनुभवि व्यक्तिहरुबाट जापानको विभिन्न शिक्षा,भाषा र सिप सम्बन्धि ज्ञान लिइ म्यानपावर तथा कन्सल्टेन्सीहरुबाट जापान जान खोज्ने विद्यार्थी तथा कामदारहरुलाई सहजता होस् भन्ने उद्देश्यले जापानीज ट्रेनिङ एण्ड भोकेशनल कलेजको स्थापना गरिएको सञ्चालकको श्रेष्ठको भनाई छ।

