जापान । गुरुङ समाज जापान ‘प्ये म्हस्यां छ्या म्हमु,छ्या म्हस्यां ल्हु म्हमु,ल्हु म्हस्यां म्ही म्हमुं’ भन्ने नारा सहित गुरुङ समाज जापानको पहिलो क्षेत्रिय समिति सेन्दाईको अधिवेशन हुने भएको छ ।
गुरुङ समाज जापानको पहिलो क्षेत्रीय समिति सेन्दाईको जुलाई १४ तारिख आईतबार पहिलो अधिवेशन हुने भएको हो ।
हामीले कला, संस्कारलाई संरक्षण गर्दै भावि नयां पुस्तालाई समेत आफ्नो पहिचान हस्तान्तरण गर्नु पर्दछ। यो नै अबको युवा पुस्ताको प्रमुख कार्यभार हो भन्ने हेतुले जापानमा रहनु भएका तमाम् गुरुङहरुलाई समेट्दै नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका सम्पुर्ण गुरुङलाई अपनत्व महशुस हुने गरी गुरूङ समाज क्षेत्रिय समिति सेन्दाई स्थापना गर्न लागेको तदर्थ कमिटीका सचिव अस्मिता गुरुङले बताईन।
गुरुङ समाज जापानको पहिलो क्षेत्रीय समिति सेन्दाईको जुलाई १४ तारिख अधिवेशन हुने क्षेत्रीय अधिवेशन सम्पन्न पार्न अमर गुरुङको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति बनाएको सेन्दाईबाट आशिष तमुले जानकारी दिए।