बुधबार, साउन ०९, २०८१

चिवामा आगामी सेप्टेम्वर २२ तारिख नेपाल फेष्टिवल हुने

जापान । नेपालीहरूको बाक्लो बसोवास रहेको जापानको चिवा क्षेत्रमा नेपाल फेष्टिवल चिवा २०२४ हुने भएको छ। आगामी सेप्टेम्वर २२ आईतबार चिवाको माचुदो शहरमा फेष्टिवल आयोजना हुने भएको गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रिय समितिका संयोजक समिर खडकाले जानकारी दिनुभयो।

यसैबीच मंगलबार चिवा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको एक भेलाले राजनबावु सुवेदीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ। भेलामा मुल आयोजक समितिसंगै विभिन्न उपसमितिहरू समेत गठन गरिएको संयोजक खडकाले जानकारी दिनुभयो।
नेपाली राजदूतावास जापान, माचुदो सिटी तथा एनआरएनए जापानको विशेष सहयोगमा जापानीहरूमा नेपाली कला, संस्कृति सहित नेपालको पर्यटन प्रवर्द्वनका लागि पहिलो पटक चिवामा फेष्टिवल आयोजना गर्न लागिएको संयोजक सुवेदीले जानकारी दिए।
एकदिन संचालन हुने फेष्टिवलमा नेपालको कलासांस्कृति प्रदर्शनी, नेपाली परिकारका स्टल सहित विभिन्न कार्यक्रमहरू गरि जापानीहरूमा नेपालवबारे जानकारी गराईने संयोजक सुवेदीले बताउनुभयो।

सोही अवसरमा भेलालाई सम्वोधन गर्दै एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले नेपाललाई जापानीहरू माझ चिनाउन हरेक क्षेत्रमा विविध क्रियाकलाप अन्तगत चिवामा फेष्टिवल आयोजना हुनुले पर्यटन प्रवद्वनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

पोस्टर सार्वजानिक
यसैबीच सोही भेलामा नेपाल फेष्टिवल चिवाको पोस्टर सार्वजानीक गरिएको थियो। सो अवसरमा चिवा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहित व्यवसायी, पत्रकार तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।