शुक्रबार, कार्तिक २३, २०८१

नागोयामा तेस्रो नेपाल फेस्टिवल २०२४ भव्य रूपमा सम्पन्न

जापान । नागोयामा तेस्रो नेपाल फेस्टिवल २०२४ भव्य रूपमा सम्पन्न भएको छ। कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको तेश्रो नेपाल फेष्टिबल भव्य रूपमा सम्पन्न भएको हो ।
२ दिने तेश्रो नेपाल फेष्टिबल भव्य भएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् ।
फेष्टिबल शुरु हुन पूर्व शनिवार बिभिन्न भेषभूषामा सजिएका टोलीहरुले झाँकी सहित जापानको नागोया शहरको बिभिन्न क्षेत्र परिक्रमा गरिएको थियो। फेष्टिबल नेपालका दुरदराजमा समेत प्रयोग हुने ढिकी, जातो लगाएत थुप्प्रै चलन चल्तीका सामानहरु हेर्न पाईने एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले जानकारी दिए। फेष्टिबलमा आइची प्रिफेक्चर गभर्नर, नागोया सिटीका मेयर, नेपाली राजदुतावास जापानका राजदूत डा. दुर्गाबहादुर सुवेदीलगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा जापान र जापान बाहिरबाट एनआरएनए अभियन्ताहरुको उपस्थिति थियो।

फेष्टिबलमा पहिलो पटक जापानीज प्रोफेसनल महिलाहरुले नेपाली गीत संगीतमा नृत्य गरेका थिए। फेटिबलको साँस्कृतिक कार्यक्रममो जिम्मा नेपाल आदिवासी जनजाति महासंघले लिएको थियो।

जनजाति महासंघको फेटिबलको मुख्य सह–आयोजक पनि हो । नागोयामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरू पनि फेष्टिबलमा सह–आयोजकको रुपमा रहेका छन् ।फेष्टिबलका साँस्कृतिक संयोजक श्याम शित्तल श्रेष्ठका अनुसार फेष्टिबलमा नेपाली लोक बाजा, पञ्चे बाजा, विभिन्न झाँकीहरु प्रस्तुतीले झनै आकर्षक बनाएको बताए।

फेष्टिबलका आर्थिक समिति संयोजक एवं फेष्टिबलका संरक्षक समेत रहेका दिपक कार्कीका अनुसार फेष्टिबललाई सभ्य र भव्य बनाउन लागि परेको बताउँछन। शनिवार र आईतवार दुई दिन चलेको फेष्टिबलमा धेरै नेपाली र जापानी दर्शकहरुको आगमन भएको थियो ।